Like us!
Follow us!
Connect us!
Watch us!

देव : विकास बैंकको नाफामा गिरावट

आइतबार, ०६ माघ २०७५, ११ : ०४ मा प्रकाशित

देव : विकास बैंकको नाफामा गिरावट

अर्थ संसार, काठमाडौं – कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा उच्च वृद्धि हुँदा देव विकास बैंकको नाफामा अघिल्लो वर्षको तुलनामा कमी आएको देखिएको  छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मात्रै रु  १३ करोड २९ लाख खुद मुनाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको सोही समयमा बैंकको नाफा रु १४ करोड ६ लाख नाफा गरेको थियो । बैंकको यो नाफा घट्नुमा बढ्दो व्यवस्थापन खर्च नै मुख्य कारण हो । बैंकको कर्मचारी र सञ्चालन खर्चमा अघिल्लो वर्षको तुलनामा ४५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष रु १३ करोड रहेको सो खर्च यो वर्ष  रु १८ करोड ८० लाख पुगेको छ ।

बैंकले निक्षेप तथा कर्जा संकलनमा भने सन्तुलित एवं उत्साहजनक प्रगति हासिल गरेको छ । बैंकले अघिल्लो त्रैमासभन्दा करिब रु डेढ अर्ब वृद्धि गरी रु १७ अर्ब ११ करोड पुर्याउँदा कर्जा लगानी करिब रु १ अर्बले बढाएररु  १५ अर्ब ६० करोड पुर्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको