Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंक र रिलायबल लाइफ इन्सुरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

मंगलबार, १५ माघ २०७५, १७ : २५ मा प्रकाशित

ग्लोबल आईएमई बैंक र रिलायबल लाइफ इन्सुरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकासुरेन्स सम्झौता भएको छ ।

बैंकासुरेन्स सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक का १३३ वटै शाखाहरु मार्फत रिलायबल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत  महेश शर्मा ढकालर रिलायबल लाइफ इन्सुरेन्स कम्पनी लि कोतर्पmबाट प्रमुख कार्यकारी अधिकृत  नारायणबाबु लोहनीले हस्ताक्षर गर्नु भएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १३३ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ७ वटा एक्सटेन्सन काउण्टर तथा ११७ शाखा रहित बैंकिङ्ग सेवार नेपाल बाहिर ३ प्रतिनिधि\ सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रलिया, बेलायत र भारतमा प्रतिनिधि\सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । 

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

ताजा समाचार

दाबी ठामको ठाम, युनाइटेड इन्स्योरेन्समै जाम, यसरी सफल हुँदैछ सपना

घट्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा

ग्रीन लाइफको १ अर्ब ८० करोडको आइपिओ माघ २२ गतेदेखि बजारमा,‘ग्रेड ४’ रेटिङ 

प्राधिकरणको ४५ आयोजनामाथि अख्तियारको अंकुश

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

दुवै हात र एउटा खुट्टा गुमाएका हरिकाजीलाई आर्थिक सहयोग जुट्दै

एल.आई.सी. नेपालको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी प्रसाद दास नियुक्ति 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको