Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै सनराइज बैंक, यस्तो छ प्रतिशेयर आम्दानी

ramesh lamsal

बुधबार, १६ माघ २०७५, १० : ५२ मा प्रकाशित

नाफामा अब्बल बन्दै सनराइज बैंक, यस्तो छ प्रतिशेयर आम्दानी

अर्थ संसार, काठमाडौं–  सनराइज बैंक लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा रु ७२ करोड ६१ लाख ५५ हजार कमाएको छ ।बैंकले गरेको नाफा गत वर्षको तुलनामा रु १३ करोड ८५ लाख ९७ हजारले बढि हो ।

यो नाफा गत वर्षको सोही अवधिको तुलनामा चालू आवको पहिलो ६ महिनामा २३.५८ प्रतिशतले बढी हो । बैंकले उक्त अवधिमा व्याज आम्दानीबाट रु ४ अर्ब ४९ करोड कमाएको छ । यसले व्याज भुक्तानीमा गरेको खर्च भने रु २ अर्ब ७७ करोड छ । यसको खुँद व्याज आम्दानी रु १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

रु ८ अर्ब १५ करोड चुक्तापुँजी रहेको बैंकले गत पुस मसान्तसम्मा गरेको निक्षेप संकलन रु ७६ अर्ब ६ करोड छ ।  ऋण लगानी रु ६७ अर्ब ७५ करोड छ । गत वर्ष यो बैंकले रु ६३ अर्ब २६ करोड निक्षेप संकलन गरेर रु ५६ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो ।

 

यो बैंकको सापटी रकम रु ६२ करोड छ । यो बैंकको पुँजी कोष १३.०४ प्रतिशत, बार्षिक व्याजदर ४.३१ प्रतिशत, प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा छ । बैंकको खराव कर्जा अनुपात १.२६ प्रतिशत छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको