Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीले भने–‘कृषि उत्पादनमा आत्मनिर्भर हैन प्रतिस्पर्धी बन्नुपर्छ’

शुक्रबार, १८ माघ २०७५, ११ : ०० मा प्रकाशित

अर्थमन्त्रीले भने–‘कृषि उत्पादनमा आत्मनिर्भर हैन प्रतिस्पर्धी बन्नुपर्छ’

अर्थ संसार, काठमाडौं –  अर्थमन्त्री युवराज खतिवडाले कृषकको आर्थिक अवस्था सुधार्न कृषि उत्पादनलाई विश्व बजारसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. को ११ औ वार्षीक साधारण सभामा मन्त्री खतिवडाले कृषि सहकारीहरुले आयत प्रतिस्थापनमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै अव विश्व बजारसंग प्रतिस्प्रर्धा गर्न सक्ने उत्पादनमा केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

उँहाले खुल्ला अर्थनीति अबलम्वन गरेको नेपालले अव कृषि उत्पादन पनि विश्व बजारसंग प्रतिस्प्रर्धा गर्न सक्ने गरी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खतिवडाले अव नेपालको कृषि सामग्रीको प्रशोधन, प्याकेजिङ र बजारीकरणमा सरकारले सहयोग गर्ने बताउनुभयो ।

एक फरक प्रसंगमा अर्थ मन्त्री डा. युवराज खतिवडाले आगामी पाँच वर्ष भित्र देशलाई गरिबी उन्मुलन देश बनाउने बताउनुभएको छ ।

यसका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै गरिबी उत्मुलनमा कृषि क्षेत्रले गर्ने कामको योजना ल्याउन आग्रह गर्नुभएको छ ।

उँहाले कृषि उत्पादनलाई बढाउन सके गरिबी उन्मुल गर्न सकिने भन्दै यसका लागि सहकारी क्षेत्रले सामुहिक रुपमा काम गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारीले लघु बीमा सुरु गरेर पशु र कृषि बीमा गर्ने हो भने यसका लागि सरकार प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।

कृषि र सहकारी क्षेत्रबाट उत्पादन मुलक कार्यका लागि आउने प्रस्तावलाई सरकारले सहर्ष स्विकार गरी सहयोग गर्न तयार रहेको मन्त्री खतिवडाले बताउनुभयो । उँहाले साना किसान र कृषि सहकारीहरुले गरेको कामले आफु प्रभावित वनेको भन्दै आगामी दिनमा किसानको जीवनस्तर सुधार्न र उकास्न आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद बालकृष्ण खाँडले देशको आर्थिक विकासका लागि सहकारी आवश्यक रहेको बताउनुभयो । उँहाले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रको विकासका लागि पनि कृषि सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष केशव बडालले पिछडीएको दलित र अल्पविकसित समुदायको उन्नती प्रगतिका लागि कृषि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उँहाले कोही पुग्न नसकेको गाउँमा कृषि सहकारीहरु पुगेर दिएको सेवा महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा यसलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले साना किसान समुदायको सकारात्मक परिवर्तनको सम्वाहक वन्न सफल भएको भन्दै यसलाई अझै समुदायकेन्द्रीत बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको