Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा फड्को मार्दै जनता बैंक, प्रतिशेयर आम्दानी कति ?

विहीबार, २४ माघ २०७५, ११ : ४५ मा प्रकाशित

नाफामा फड्को मार्दै जनता बैंक, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं– जनता बैंकको नाफा ९०.२६ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड ४६ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्ष बैंकले ३३ करोड ३५ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा २७ करोड १७ लाख ३९ हजार रुपैयाँबाट बढेर ५३ करोड ४ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
 

जनता बैंकले पछिल्लो ३ महिनामा रु ६ अर्ब निक्षेप वृद्धि गरेको छ । असोज मसान्तमा रु ६२ अर्ब निक्षेप संकलन गरेको बैंकले पुस मसान्तमा रु ६८ अर्ब पुर्याएको हो । असोज मसान्तमा रु ५८ अर्ब रहेको कर्जा लगानी पनि पुसमा बढाएर रु ६३ अर्ब पुगेको  छ ।

जनताको सिसिडी रेसियो ७८.९८ प्रतिशत रहेको छ । रु ८ अर्ब चुक्ता पुँजी रहेको जनता बैंकको जगेडा कोषमा रु ३ अर्ब रहेको छ । बैंकको कस्ट अफ फण्ड ७.८० प्रतिशत छ भने आधार ब्याज दर ११.०४ प्रतिशत छ ।

१.५३ प्रतिशत खराब कर्जा रहेको बैंकको स्प्रेड दर ४.५१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी १५.८७ रुपैंयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको