Like us!
Follow us!
Connect us!
Watch us!

ठूलो बैंकको ठूलै नाफा, वाणिज्य बैंक यसरी भयो अब्बल

विहीबार, २४ माघ २०७५, ११ : २९ मा प्रकाशित

ठूलो बैंकको ठूलै नाफा, वाणिज्य बैंक यसरी भयो अब्बल

अर्थ संसार, काठमाडौं– राष्ट्रिय बाणिज्य बैंकले रु २ अर्ब १७ करोड नाफा कमाएको छ । सरकारी स्वामित्वको बाणिज्य बैंकले २०७५ पुस मसान्तसम्म सबै भन्दा धेरै कमाउने बैंकका रुपमा परिचित भएको छ ।

बाणिज्य बैंकले निक्षेप कर्जा लगानीमा पनि नविललाई उछिनेको छ । बाणिज्यले रु १ अर्ब ८१ करोड निक्षेप संकलन गरेर १ खर्ब ३४ अर्ब कर्जा लगानी गरेको छ । बैंकको सिसिडी रेसियो पनि ६९.२४ प्रतिशत मात्रै रहेको छ ।

बैंकले रु ४ अर्ब ९५ करोड खुद ब्याज आम्दानी गर्न सफल भएको छ । बैंकले असोज मसान्तपछि मात्रै रु १३ अर्ब निक्षेप वृद्धि गरेको देखिन्छ ।

बैंकको कस्ट अफ फण्ड ३.०१ प्रतिशत छ भने खराब कर्जा ३.४० प्रतिशत छ । आधार ब्याजदर ५.६० प्रतिशत रहँदा प्रति सेयर आम्दानी ५३.५३ रुपैंयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको