Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

शुक्रबार, १७ फागुन २०७५, १० : ३४ मा प्रकाशित

नबिल बैंकको शेयर किन्नु अघि हेरौं कम्पनी विश्लेषण

नबिल बैंक निजी क्षेत्रको पहिलो बैंकको रूपमा स्थापित छ । कम्पनीले २०७४/७५ को नाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो लाभांश पारित गर्न कम्पनीले फागुन २७ गते साधारणसभाको आयोजना गर्दै छ । फागुन १३ गतेसम्म शेयर किन्ने शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

नबिल बैंक लिमिटेड : कम्पनी विश्लेषण (शुक्रवार, १७ फागुन २०७५)सोही कारण सोमवार कम्पनीको सबैभन्दा बढी रू. २ करोड ४८ लाखबराबरको शेयर कारोबार भएको छ । कम्पनीले ७४ ओटा शाखा कार्यालय र १ सय ३१ ओटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब ४ करोड छ । गत आवको दोस्रो त्रैमासको तुलनामा ४१ प्रतिशत बढी हो । कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ४ करोड छ । कम्पनी न्यू बिज बिजनेश कन्क्लेभ अवार्ड २०१८ मा बेष्ट म्यानेज्ड कमर्शियल बैंकको अर्वाड प्राप्त गर्न सफल भएको छ ।

कम्पनीको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ बीच तुलना गर्दा :

  • कम्पनीले पुस मसान्तसम्ममा रू. १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरेको छ भने रू. १ खर्ब ३० अर्ब कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा निक्षेप २३ प्रतिशत र कर्जा प्रवाह २६ प्रतिशत बढी हो । कम्पनीले रिजर्भ कोषमा रू. १४ अर्ब ५२ करोड छुट्याएको छ । खुद नाफा रू. २ अर्ब १७ करोड छ ।

  • रू. ७ अर्ब ३२ करोड ब्याज आम्दानी हुँदा रू. ३ अर्ब ७१ करोड ब्याज खर्च भएको छ । कर्मचारी खर्च २३ प्रतिशत बढेर रू. ९४ करोड ६० लाख पुगेको छ । सञ्चालन नाफा रू. ३ अर्ब ८ करोड पुगेको छ । यो गत आवको तुलनामा १८ प्रतिशत बढी हो ।

  • पूँजीकोष लागत ५ दशमलव ९२ प्रतिशत, पूँजीकोष पर्याप्तता ११ दशमलव ९५ प्रतिशत र निष्क्रिय कर्जा शून्य दशमलव ६२ प्रतिशत छ ।

  • दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिशेयर आम्दानी रू. ५४ दशमलव २८, मूल्य आम्दानी अनुपात १५ दशमलव ४०, तरलता अनुपात २३ दशमलव ३६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २ सय ८० दशमलव ५७ छ । सोमवारको शेयरमूल्य रू. ६ सय ८७ कायम भएको छ ।

  • अर्निङ पावर रेशियो : ०.०११ गुणा

  • अर्निङ यिल्ड रेशियो : ७.९० प्रतिशत

  • खरीद चाप : कम्पनीकोे बुधवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप बढी छ । सो अवधिसम्म ५ हजार ७ सय १ कित्ता शेयर खरीद र ४ हजार ३७ कित्ता शेयर विक्री गर्ने माग थियो ।

निष्कर्ष 
कम्पनीको ६८ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिन बढ्ने र घट्नेमा अनिश्चय सृजना गर्छ । आरएसआई ओभरसोल्ड जोन १४ दशमलव ४१ विन्दुमा छ । यसले शेयर विक्री चाप बढेकोे देखाउँछ ।

त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन ४३ दशमलव ५३ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । पछिल्लो शेयरमूल्य रू. ६ सय ८७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ८ सय ३ मा प्रतिरोध पाउने देखिन्छ । पछिल्लो शेयरमूल्य नै टेवा मूल्य रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको