Like us!
Follow us!
Connect us!
Watch us!

बाणिज्य बैंकको सेयर ओरालो, अरु समुहमा हरियाली

विहीबार, ०६ माघ २०७३, १६ : १० मा प्रकाशित

बाणिज्य बैंकको सेयर ओरालो, अरु समुहमा हरियाली

अर्थ संसार

काठमाडौं–साताको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य झिनो अंकले बढेको छ । बाणिज्य बैंकहरुको सेयर मूल्य घटेपछि समग्र बजार ०.३३ अंकले मात्रै हरियो भएको हो । बजार १४६२.५५ अंकमा बन्द भएको छ । 

यस दिन वाणिज्य बैंक र उत्पादन समूह ओरालो लाग्दा अरु समुह उकालो लागे पनि बजार खासै बढ्न नसकेको हो । यस दिन वाणिज्य बैंक ३.५१ र उत्पादन समूह ८.८५ अंकले ओरालो लागे । बीमा समूह ५२ अंकले बढेको छ । यसपछि ट्रेडिङ १.१३, होटल ३.०२, विकास बैंक ०.७३, जलविद्युत १०.७४, वित्त ५.४४ र अन्य १.६६ अंकले बढेका छन् । 

यस दिन १३१ कम्पनीको ११ लाख १ हजार ४ सय कित्ता सेयर किनबेचबाट ३३ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । युनियन फाइनान्सको संस्थापक सेयर २ करोड ६५ लाखको भएको छ । अरु धेरै कारोबार गर्ने कम्पनीमा प्रभु बैंक, नेपाल बैंक, एसबिआई बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल बैंक छन् । यी सबैको कारोबार करोड नाघेको छ । 

बजारमा विहीबार राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले राम्रो कमाइ गरेका छन् । यस कम्पनीको मूल्य सर्किट ब्रेकर लाग्ने गरी झण्डै १० प्रतिशतले बढेको छ । यसपछि कर्णाली डेभलपमेन्ट बैंक, ओरेन्टल होटल, एनबी इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र वेष्टर्न डेभलपेमन्ट बैंकका लगानीकर्ताले उल्लेख्य मात्रामा आफ्नो सम्पत्ति बढाएका छन् । 

बिहीबार पनि हिमालयन डिस्टलरीका लगानीकर्ताले  सबैभन्दा बढी गुमाएका छन् । बिहीबार ५ प्रतिशतले घटेको यस कम्पनीको सेयर मूल्य बुधबार १० प्रतिशतले घटेको थियो । यसपछि मिथिला लघुवित्त, युनियन फाइनान्सको संस्थापक, ग्रिन डेभलपमेन्ट बैंक र सेती फाइनान्सका लगानीकर्ताले उच्च दरमा गुमाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको