Like us!
Follow us!
Connect us!
Watch us!

शेयर खरिदमा वैशाखदेखि प्यान अनिवार्य

आइतबार, २६ फागुन २०७५, १० : ३९ मा प्रकाशित

शेयर खरिदमा वैशाखदेखि प्यान अनिवार्य

अर्थ संसार, काठमाडौँ – लगानीकर्ताले पटक पटक विरोध गरेपनि शेयर खरिदमा आगामी बैशाखदेखि प्यान अनिवार्य गर्नेमा सरकार प्रतिवद्ध रहेको पाइएको छ ।

हालै सार्वजनकि भएको बजेटको मध्यावधि समीक्षामा आगामी २०७६ बैशाख १ गते देखि शेयरखरिदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) पेश गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ ।

शेयर लगानीकर्ताहरुले पटक पटक शेयर खरिदमा प्यान अनिवार्य नभई ऐच्छिक गर्नुपर्ने माग गर्दे आन्दोलन र धर्ना गरेपनि सरकार भने आफ्नो निर्णयमा अडिग देखिएको छ ।

बजेटको मध्यावधि समीक्षामा लगानीकर्ताको माग सम्बोधन नभएकाले झन अन्योलता बढाएको छ ।

केहि समय अघि धितोपत्र बोर्डले सरोकारवालासँग गरेको छलफलमा लगानीकर्ताका माग सम्बन्धीत निकायमा पुर्याउने र शेयर खरिदमा तत्काल प्यान अनिवार्य नगराउन पहल गराउने बताएपनि बोर्डको सुझाब अर्थमा नपुगेको देखिन्छ ।

यस्तै बजेटको अर्धबार्षिक समीक्षामा शेयर बजारको विकास र विस्तारका लागि वैकल्पिक लगानी कोष नियमावली २०७५ तथा धितोपत्र सूचीकरण तथा करोबार नियमावली २०७५ स्वीकृत भैसकेको उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको