Like us!
Follow us!
Connect us!
Watch us!

‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पमा शेयर बजार प्रमुख हिस्सा

आइतबार, २६ फागुन २०७५, १० : ४६ मा प्रकाशित

‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पमा शेयर बजार  प्रमुख हिस्सा

अर्थ संसार, काठमाडौँ – सरकारले तयार पारेको  पन्ध्रौं योजनामा शेयर बजारलाई पनि प्रमुख प्राथमकितामा राखेको छ ।

राष्ट्रिय योजना आयोगले हालै सो अवधारणा सार्वजनकि गरेको थियो । सो अवधारणाको मस्यौदाको आधारपत्रमा समष्टिगत पूँजी बजारलाई पनि समेटिएको छ ।

समृद्ध नेपाल, सुखी नेपालीको  संकल्पलाई पूरा गर्न पूँजी बजारको पनि उत्तिकै आवश्यक छ भन्ने कुरा उल्लेख गरेको छ  सरकारले पूँजी बजार सहित अन्य आर्थिक समृद्धिका सूचकहरुलाई पनि उत्तिकै महत्वकासाथ लिएको छ ।

पञ्चवर्षिय योजनाले धितोपत्र तथा वस्तु विनिमय बजारलाई पहुँच योग्य र विश्वसनीय बनाउने लक्ष्य राखेको छ । हाल सिमिति क्षेत्रमा मात्र केन्द्रित रहेको पूँजी बजारलाई देशका अन्य ग्रामिण भेगका लगानीकर्ताको पहुँचमा पुर्याउने र पूँजी बजारमा लगानी गर्ने वातावरण निमार्णमा अग्रसर रहेन उल्लेख छ ।

सरकारले पाँच वर्ष भित्रमा पूँजी बजारको सुधार तथा विकासका लािग कानूनी, संस्थागत र संरचनागत सुधार गरी धितोपत्र तथा वस्तु विनिमय बजार सञ्चालन तथा नियमन प्रणालीलाई अन्तराष्ट्रिय स्तरको बनाउने, धितोपत्र तथा वस्तु विनिमय बजारलाई स्वच्छ, प्रतिष्पर्धी र विश्वसनीय बनाउने र धितो पत्र बजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाउने लक्ष्य राखेको अवधारणामा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको