Like us!
Follow us!
Connect us!
Watch us!

लघुबित्तको आइपिओ जस्तै मायालु प्रेयसी !

बुधबार, ११ असार २०७६, ०६ : ०० मा प्रकाशित

लघुबित्तको आइपिओ जस्तै मायालु प्रेयसी  !

धेरै धेरै सम्झना अनि मीठो मीठो याद पनि । जब तिमि म बाट  टाढा हुन्छौ अनि तिम्रो यादले गर्दा मुटुको धड्कनमा  भोलाटाइल उत्पन्न हुन्छ । यहि  मुटुको भोलाटाइल नियन्त्रण गर्न कहिलेकाही फोन गर्न खोज्छु तर तिमिले नउठाउँदा यो मन हाइड्रोको शेयरमूल्य आइपिओ भन्दा तल आउदा  दु:ख लागे जस्तै   दु:ख  लाग्छ ।

मलाई थाहा छ तिमिले मलाई निकै  माया गर्छौ र म पनि तिमिलाइ निकै  माया गर्छु । तर कहिलेकाँही  बजार घट्दा वा बढ्दा नियामक निकायले बजार नियन्त्रण गर्न भन्दै बिज्ञप्ति जारी गर्छन् त्यस्तै तिम्रो र हाम्रो मायामा नियन्त्रण गर्न सायद तिम्रो नियामक निकाय बाबा वा दाजुले बिज्ञप्ति जारी गरि  फोनमा धेरै कुरा नगर्नु भनेको हुनुपर्छ ।

नियामक निकायले जति नै बिज्ञप्ति जारी गरे पनि आफुले मन परेको शेयर खरिद गर्न खरिदकर्ताले छोडदैनन् त्यस्तै तिम्रो नियामक निकायले जति नै बिज्ञप्ति जारी गरे पनि हाम्रो मायामा  कुनै असर प्रदैन । मन परेको फुल सुके पनि रशिलो । तर फुल कहिल्यै पनि खानीखोला जस्तो नहोस् ।

मायालु  बुलबुल

 तिम्रो र हाम्रो माया भनेको त बैंकको शेयर जस्तै हुनुपर्छ सानो तिनो कुराले  खासै  असर नपार्ने  । म  त चाहान्छु तिम्रो र हाम्रो माया त  युनिलिभर र आरबिसिएलको शेयरमूल्य  जस्तै उच्च होस् । हाम्रो माया कहिल्यै पनि नेशनल हाइड्रोको शेयरमूल्य जस्तो सस्तो  नहोस् । तिम्रो घरमा तिमिलाइ हेर्न केटा आएको थियोे भन्दै थियौ तर प्रेयसी केटा हेर्न आउदैमा त्यो केटा सग बिहे नै गर्नु पर्छ भन्ने के छ र ।

जसरी महङ्गो मुल्यमा एफपिओ , आइपिओ निकाल्ने कम्पनीको शेयर किन्नु पर्छ भन्ने के छ र  बहिष्कार गर्न पनि त सकिन्छ । त्यस्तै त्यो केटालाई पनि बहिष्कार गर्न सकिन्छ । जिवनचक्र हो तल माथी त भै नै रहन्छ त्यसैले खासै फरक पार्दैन । तर जहिले पनि आफ्नो इपिएस बलियो बनाइन तर्फ लाग्नुपर्छ । आफ्नो इपिएस  बलियो छ भने माया गर्ने मायालु त कति कति ।

बुल बजारको शेयर जस्तै मायालु

तिमिले जहिले पनि आफ्नो कामलाई ध्यान दिनु ,  पैसा चाहियो कि कम्पनीले राइटशेयर इस्यु गरेर   आफ्ना शेयर होल्डरहरु सग पैसा मागेर दुस्ख दिए जस्तो आफ्नो परिवारलाई कहिल्यै दुस्ख नदिनु  बरु मिहिनेत गरेर कम्पनीले नाफा आर्जन गरेर आफ्ना लगानीकर्तालाई लाभांश दिए जस्तो घर  परिवारलाई पनि  केहि सहयोग गर्नु ।

अस्ति फोन गर्दा अलि अलि बिरामी छु भन्दै थियौ , खानामा अलि ख्याल गर्नु । जस्तो पायो त्यस्तो शेयर खरिद गर्‍यो भने हाम्रो पोर्टफोलियो त बिरामी हुन्छ त्यो त झन मानिसको  शरीर पो  हो त । मानिस बिरामी भैयो भन्दैमा आत्तिनु हुदैन उपचार गर्नु पर्छ धैर्य गर्नु पछि ठिक हुन्छ । बजार पनि  अहिले घट्यो भन्दैमा आत्तिनु हुदैन , जसको लागि बजारको बिस्तार र बिकास गरि बजारको उपचार गर्नुपर्छ , बजार ठिक हुन्छ ।

मायामा र शेयर बजारमा प्रतीक्षाको फल मिठो हुन्छ भन्छन् । अहिलेलाई यत्ति नै ल । कहिले लघुबित्तको , इन्स्योरेन्सको आइपिओ खुल्ला र भरौला भनेर प्रतीक्षा गरे जस्तो तिम्रो पत्र कहिले आउला  भनी कुरिरहने छु । 


उहि तिम्रो भबिष्य हरियाली

देख्न चाहाने मायालु

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको