Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको नयाँ व्यवस्था : न्यूनतम IPO आवेदन १० कित्ता

बुधबार, २७ चैत्र २०७५, १७ : ५९ मा प्रकाशित

धितोपत्र बोर्डको नयाँ व्यवस्था : न्यूनतम IPO आवेदन १० कित्ता

अर्थ संसार, काठमाडौं–  पुँजी बजारमा सवै वर्गको पहुँच बढाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नयाँ व्यवस्था  गरेको छ ।

नयाँ व्यवस्था अनुसार साधारण शेयर (आइपिओ) मा न्यूनतम १० कित्ता पनि आवेदन गर्न पाइने व्यस्था गरेको हो ।

यो व्यवस्थासँगै प्रतिकित्ता १०० रुपैयाँका हिसाबले १० कित्ता शेयर आवेदन दिंदा १ हजार रुपैयाँ लगानी गर्नुपर्नेछ । यो भन्दा पहिला प्राय : न्यनतम ५० कित्ताको लागि ५ हजार रुपैयाँको आवेदन दिनु पर्ने व्यवस्था  थियो ।  

धितोपत्र बोर्डको नयाँ व्यवस्थाले विद्यार्थी, गृहणी तथा ग्रामीण क्षेत्रका लगानीकर्ताको सहभागिता बढाउने र यसलाई समावेशी बनाई यो वर्षको ‘एक नेपाली,एक डिम्याट खाता’ अभियानलाई थप प्रभावकारी बनाउने यस्तो व्यवास्था गरिएको बोर्डको भनाई  छ ।

नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न पनि बोर्डले मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको छ ।  

5cade00ec81bf.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको