Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ वर्षको सुरुवात संगै मुक्तिनाथ विकास बैंकको तीन नयाँ आकर्षक योजना

सोमबार, ०२ बैशाख २०७६, १३ : ५७ मा प्रकाशित

नयाँ वर्षको सुरुवात संगै मुक्तिनाथ विकास बैंकको तीन नयाँ आकर्षक योजना

अर्थ संसार, काठमाडौं -मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ ।

बैंकले Visa Debit कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । Visa Debit कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट  Instant Visa Debit कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधा अन्तर्गत ग्राहकले Visa Debit कार्डको निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त Visa Debit कार्ड लिन पाउने छन् ।

त्यसैगरी मुक्तिनाथ Visa Debit कार्ड बाहेक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका ATM बाट विना कुनै अतिरीक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ । साथै मुक्तिनाथ Smart बैंकिङ्ग एपबाट Nepal Telecomको नम्बरमा रिचार्ज गर्दा १०% तथा  NCELLमा रिचार्ज गर्दा ५% सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ । 

हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको