Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोवल बैंकले पुर्याउने भयो ८ अर्व चुक्तापुजी, रिलायवल किन्ने

शुक्रबार, १४ असोज २०७३, १६ : ४७ मा प्रकाशित

ग्लोवल बैंकले पुर्याउने भयो ८ अर्व चुक्तापुजी, रिलायवल किन्ने


अर्थ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो चुक्तापुँजी  आठ अर्व पुर्याउने निश्चित भएको छ । ग्लोव बैंकले रिलायवल डेभलपमेन्ट बैंकलाई किन्ने भएपछि ८ अर्व चुक्तापुँजी पुग्ने छ ।  रिलायवललाई किन्ने विषयमा शुक्रबार दुवैविच सम्क्रौता भएको छ । आइतवारदेखि नै रिलायवलको सेयर कारोवार पनि रोकिने छ ।

रिलायवल डेलपमेन्ट बैंकसँग रेमिट्यान्स कारोवारको अनुभव छ भने उसँग माइक्रोफाइनान्स कम्पनी पनि छ । रिलायवल फाइनान्सन, शुभलक्ष्मी फाइनान्स र नेपाल कन्जुमर डेपलपमेन्ट बैंक मर्ज भएपछि रिलायवल डेभलपमेन्ट बैंक बनेको  थियो ।  रिलायवलसँग ७८ करोड ८० लाख रुपैयाँको चुक्ता पुँजी छ भने रिजर्भमा ३७ करोड रुपैयाँ रहेको बैंद्धरा जारी प्रेस विञप्तिमा जनाइएको छ ।

 रिलायवलसँग आठ अर्व २१ करोड रुपैयाँको निक्षेप र छ अर्व ९४ करोड रुपैयाँको कर्जा लगानी छ । पश्चिम नेपालमा बढी शाखा सञ्जाल भएको रिलायवलसँग १७ वटा शाखा छन् ।  रिलायवललाई किनेसँगै ग्लोवल आइएमइ बैंकको चुक्तापुँजी ८ अर्व पुग्ने छ । बैंकसँग अहिले लाभांस सहित ७ अर्व १५ करोड रुपैयाँ चुक्तापुँजी छ । यस्तै बैंकले लमजुङ कार्यक्षेत्र भएको प्यासिफिक डेभपलपेन्ट बैंक पनि किन्दै छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको