Like us!
Follow us!
Connect us!
Watch us!

पुनर्निर्माणका कार्य सम्पन्न गर्न वित्तीय व्यवस्थापनको ठूलो चुनौती

मंगलबार, १० बैशाख २०७६, १८ : २४ मा प्रकाशित

पुनर्निर्माणका कार्य सम्पन्न गर्न वित्तीय व्यवस्थापनको ठूलो चुनौती

अर्थ संसार, काठमाडौं – भुकम्पपछिका पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापनको देखिएको छ ।

संघीयताको कार्यान्वयनका क्रममा भएको कर्मचारी समायोजनले पुनर्निर्माणमा अनुभवी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटाउनु पर्दा पुनर्निर्माणमा प्रमुख चुनौती बन्न पुगेको हो ।

पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल रुपियाँ नौं खर्ब ३८ अर्ब रकमको आंकलन गरिएको थियो । जस मध्ये आर्थिक वर्ष ०७४\७५ सम्म कुल रुपियाँ एक खर्ब ८६ अर्ब रकम खर्च भएको छ भने चालू आर्थिक वर्षमा जम्मा रुपियाँ एक खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको छ । यसैगरी सरकारको नियमित कार्यक्रम, निजी क्षेत्र र गैर सरकारी संस्था क्षेत्रबाट करिव रुपियाँ २०० अर्ब परिचालन हुने अपेक्षा गरेका थिए ।

पुनर्निर्माण कार्य सम्पन्न गर्न थप करिव रुपियाँ चार खर्ब २९ अर्ब रकम आवश्यक पर्नेछ । यसरी पुनर्निर्माणको प्रगति वित्तीय व्यवस्थापनमा निर्भर हुने स्थिति देखा परेको छ । २०७२ सालको भूकम्पले विनास मात्र गरेन, अवसरहरु र सम्भावनाहरु पनि ल्यायो । सुरक्षित भौतिक संरचनाहरुका साथै विभिन्न ठाउँमा सुन्दर बस्तीहरु बनेका छन् ।

निजी आवास पुनर्निर्माण सम्पन्न गर्नेहरुले जीवीकोपार्जनका थप अवसरहरु समेत माग गर्नु भएको छ । भूकम्प पीडितहरुलाई जीवीकोपार्जनका अवसरहरुसँग जोड्ने र आर्थिक रुपमा रुपान्तरण गर्ने चुनौती पनि रहेको छ । पीडितहरुकालागी सहुलियत ऋणको व्यवस्था मिलाइएको छ भने आगामी वर्षदेखि विशेष सहयोग कार्यक्रम सञ्चालनमा ल्याउने योजना वनाएको छ ।

२०७२ साल वैशाख १२ गतेकोे भूकम्प र त्यसपछिका परकम्पहरुले पु¥याएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाको क्षेत्रमा भूकम्पपीडित व्यक्ति, स्थानीय समुदाय, नागरिक समाज, गैरसरकारी संस्था, विभिन्न संघ÷संस्था, अन्तर्राष्ट्रिय समुदाय एवं सरकारी निकायहरुसँग सहकार्य, समन्वय र सहजीकरण गर्दै आवश्यकता अनुसार उनीहरुलाई परिचालन गर्ने नीति अवलम्बन गरिरहेको छ ।

पुनर्निर्माण र पुस्र्थापनाको मौलिक शैली हो । पुनर्निर्माणमा हासिल गरेका परिणामहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिएको पुनर्निर्माणको अवधारणा र दृष्टिकोण सही छ भन्ने प्रमाणीत गरेका छन् । निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएका थियो । त्यसमध्ये निजी आवासको पुनर्निर्माणलाई सबैभन्दा केन्द्र विन्दुमा राखेर काम गर्यो ।

निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेका छ । अर्थात अनुदान सम्झौता गरेका सात लाख ६२ हजार तीन सय सात घर परिवार मध्ये छ लाख १२ हजार नौं सय ३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा छन् । जसमध्ये ५० प्रतिशत अर्थात तीन लाख ८२ हजार दुई सय ७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरी आ–आफ्नो घरभित्र प्रवेश गरिसकेका छन् भने ३० प्रतिशत अर्थात दुई लाख तीस हजार ३० छ सय ५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेका प्राधिकरणले बताएको छ ।

जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । जनताबाट आएका अधिकांश गुनासो सम्बोधन गरेका छ । अन्तिम पटकको गुनासो सुन्ने क्रममा स्थानीय तहसँगको समन्वयमा सर्वेक्षण समेत गरिरहेको छ । त्यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुर्ननिर्माणमा विभीन्न क्षेत्रमा उपलव्धि समेत हासील गरेको छ ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धी

भूकम्पबाट ७,५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल गरेका छ । जसमा ५९ प्रतिशत अर्थात चार हजार चार सय ७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने एक हजार सात सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् । यस्तै स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल गरेका छ । जसमा ५४ प्रतिशत अर्थात छ सय ४३ को पुनर्निर्माण सम्पन्न गरेका छ भने १२ प्रतिशत अर्थात एक सय ४५ पुनर्निर्माणको क्रममा छन् ।

पुरातात्विक क्षेत्रमा भएका उपलब्धी

पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा हामीले ५९ प्रतिशत उपलब्धी हासिल गरेका छ, जसमा दुई सय २४ वटा अर्थात ३० प्रतिशत पुननिर्माण सम्पन्न भएका छन् भने दुई सय २१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा छन् ।

यसको कलात्मकताको जगेर्ना, प्राचीन निर्माण सामग्रीको प्रयोग र स्थानीय समुदायको दैनिक जीवनसँग यसको सम्बन्ध लगायतका मुद्दाले सम्पदा पुनर्निर्माणको कार्य सबैभन्दा जटिल र धेरै समय लाग्ने हुन्छ । पुनर्निर्माणका क्रममा उठेका मुद्दाहरुलाई सम्बोधन गर्दै रानीपाखेरी, धरहरा, काष्ठमण्डप लगायत काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा अघि बढाइएको छ । गुम्बाहरु पुनर्निर्माणको लागि कार्यविधि तय गरी डिजाइन कार्य भइरहेको छ ।

सुरक्षा निकायका भवनहरुमा भएका उपलब्धी

सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको छ, जसमा ३८ प्रतिशत अर्थात एक सय ४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१  वटा भवन पुनर्निर्माणको क्रममा छन् । यस्तै सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी गरेका छ, जसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३५ प्रतिशत पुनर्निर्माणको क्रममा छन् । भूकम्पबाट क्षति भएका सडक, खानेपानी लगायतका संरचनाहरुको पनि पुनर्निर्माण गर्ने/गराउने कार्य भैरहेको छ ।

समग्रमा हेर्दा गोरखा भूकम्प पश्चात्को पुनर्निर्माण पछिल्लो समयमा द्रुत गतिमा अघि बढिरहेको छ । नेपालको पुनर्निर्माण कार्यको प्रगतिप्रति अन्तर्राष्ट्रिय समुदायले गरेको प्रशंसा र प्रदान गरेको सहयोग सह्रानीय छ । कतिपय दातृ निकायले प्रतिबद्धता गरेको भन्दा थप रकम सहयोग गर्न थालेका छन् ।

हाम्रो पुनर्निर्माण धेरै हिसाबले विश्वका लागि नमूनायोग्य र अनुकरणीय बन्दैछ, जुन हामी सबै नेपालीका लागि गौरवको विषय हो । पुर्ननिर्माणमा प्राप्त गरेका उपलब्धीहरु राजनीतिक संक्रमण, संविधान निर्माण प्रक्रिया, नाकाबन्दी, भूकम्प गएको आठ महिनापछि मात्र प्राधिकरणको स्थापना हुनु, राजनीतिक अस्थीरतासँगै प्राधिकरणको नेतृत्व परिवर्तन लगायतका चुनौतीहरुका बाबजुद प्राप्त गरेका उपलब्धीहरु हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको