Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एग्रो लघुवित्तको आइपीओ बाँडफाँड (हेर्नुहोस्, रिजल्ट)

मंगलबार, १७ बैशाख २०७६, ११ : ३६ मा प्रकाशित

नेपाल एग्रो लघुवित्तको  आइपीओ बाँडफाँड  (हेर्नुहोस्, रिजल्ट)

अर्थ संसार, काठमाडौँ–नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा १५ हजार १२० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।

सोमबार गरेको 'प्रिएलटमेन्ट'मा उक्त दरमा शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टले जनाएको छ।

संस्थाको शेयरमा तीन लाख १५ हजार ६३० जानले आवेदकले ६४ लाख २ हजार ३ सय ९० कित्ता शेयरको माग गरेका थिए जसमा तीन लाख १४ हजार ९२५ गोग्य आवेदकलाई गोला प्रथामा समाबेश गरिएको थियो।

तीनै आवेदकबाट १५ हजार १२० आवेदकलले १० कित्ताका दरले शेयर पाएका हुन्। 

संस्थाले कर्मचारी  र सामुहिक लगानी कोषलाई बाँडफाँड गरेर बाँकी रहेको एक लाख ५१ हजार दुई सय कित्ता सर्वसाधारणको लागि गत आइतबारदेखि बिक्री खुला गरेको थियो।

हाल संस्थाको चुक्ता पूँजी तीन करोड ३६ लाख रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशन पस्चात संस्थाको चुक्ता पूँजी चार करोड ९७ लाख रुपैयाँ पुग्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको