Like us!
Follow us!
Connect us!
Watch us!

गणपतिको आईपीओ शुक्रबार बाँडफाँट हुँदै

मंगलबार, १७ बैशाख २०७६, १३ : २७ मा प्रकाशित

गणपतिको आईपीओ शुक्रबार बाँडफाँट  हुँदै

अर्थ संसार, काठमाडौं–  गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आईपीओमा शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले शुक्रवार बाँडफाँट गर्ने तयारी स्वरुप सम्भव भएसम्म मंगलवार प्रि अलोटमेण्ट गर्ने जानकारी दिएको हो ।

यस कम्पनीको आईपीओमा २१ गुुणाभन्दा बढी आवेदन परेको छ । कम्पनीले वैशाख ९ देखि १२ गतेसम्म सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त आईपीओमा ३ लाख २९ हजार ४१ आवेदकबाट ६७ लाख ४९ हजार ३३० कित्ताका लागि आवेदन परेको बताएको छ ।

कम्पनीले कुल ३ लाख ३५ हजार कित्तामध्ये ५ हजार १६७ कित्ता कर्मचारीका लागि सुरक्षित राखी १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँटपछि बाँकी रहेको शेयर सर्वसाधारणलाई विक्री गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको