Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो क्यास ब्याक र छुटको योजना

बुधबार, १८ बैशाख २०७६, १६ : ३७ मा प्रकाशित

एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो क्यास ब्याक  र  छुटको योजना

अर्थ संसार, काठमाडौं– ग्रामीण तथा शहरी सम्पुर्ण क्षेत्रमा आफ्नो सशक्त भाैितक उपस्थितिको अलावा विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एनआईसी एशिया बैंक लिमिटेडले राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको अवसरमा Digital Payment हरुमा Cash Back तथा Discount offer सहितका योजनाहरु सार्वजनिक गरेको छ ।

उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मो बैंक मार्फत झुक्तानी गर्दा १० प्रतिशत तथा उच्चतम रु. १००० सम्मको Cash Back तथा Discount प्राप्त गर्नुहुनेछ । उक्त योजना अन्र्तगतः

Daraz मा अनलाइन कार्डबाट झुक्तानी गर्दा , Khalti मा अनलाइन कार्डबाट झुक्तानी गर्दा कुनैपनि कारोबारको अनलाइन पेमेन्ट (E Commerce) बाट झुक्तानी गर्दा तथा बैंकको QR PaymentSystem बाट झुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत वाउच्चतम रु. १००० सम्मको Cash Back    ।

२. POS बाट झुक्तानी गर्दा १० प्रतिशत वा उच्चतम रु. ५०० सम्मको Cash Back

३. बैंकको मो बैंकबाट NTC/NCELL को रिर्चाज TOP UP गर्दा १० प्रतिशत वाउच्चतम रु. १०० सम्मको Cash Back का योजना रहेका छन ।

यो योजना राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको दिन बैंशाख १९, २०७६ को दिनमात्र लागु हुनेछ । यो योजनाबाट बैंकको ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल बैंकिङ्गमा अग्रणी स्थानहासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ । 

करिब १६ लाखग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुखवित्तीय परिसुचकहरु अत्यन्तउत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको