Like us!
Follow us!
Connect us!
Watch us!

गणपतिको आईपिओ बाँडफाँड : ३१ हजारलाई १० कित्ता, बाँकीको हात खाली

शुक्रबार, २० बैशाख २०७६, ११ : ३३ मा प्रकाशित

गणपतिको आईपिओ बाँडफाँड : ३१ हजारलाई १० कित्ता, बाँकीको हात खाली

अर्थ संसार, काठमाडौं – गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले निश्कासन गरेको साधारण शेयर (आइपीओ) शुक्रबार बाँडफाँट भएको छ ।

माग भन्दा धेरै गुणा बढी आवेदन परेकाले अधिकांश लगानीकर्ताको हात खाली भएको छ । विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलको अनुसार जम्मा ३१ हजार ३०८ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन् । जसमा ३ लाख २३ हजार ३०९ जनाले आवेदन दिएकामा ७०० को आवेदन रद्द भएको छ ।

रितपूर्वक आवेदन दिएका ३ लाख २२ हजार ६०९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

कम्पनीले कुल ३ लाख ३५ हजार कित्तामध्ये ५ हजार १६७ कित्ता कर्मचारीका लागि सुरक्षित राखी १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँटपछि बाँकी रहेको शेयर सर्वसाधारणलाई विक्री गरेको  थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको