Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नाफा नाममात्रैको, प्रतिशेयर आम्दानी कति ?

मंगलबार, २४ बैशाख २०७६, ११ : २३ मा प्रकाशित

नबिल बैंकको नाफा नाममात्रैको, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं–  नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  ३ अर्ब १९ करोड १० लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकले गत वर्ष सोही अवधिमा नबिलले ३ अर्ब ९ करोड २७ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नबिलको वितरण योग्य नाफा भने २ अर्ब ३२ करोड ४४ लाख २३ हजार रुपैयाँ रहेको छ ।
 
हालै १२ प्रतिशत बोनस सेयर दिएर चुक्त पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ पुर्याएको यस नबिलको प्रति आम्दानी आम्दानी घटेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५ पैसाले घटेर ४७ रुपैयाँ ६९ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा नबिलको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ ७४ पैसा रहेको थियो ।
 
यता, नबिलको खुद ब्याज आम्दानी १८.३८ प्रतिशत ले बढेर ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब ५६ करोढ ९७ लाख ७९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, बैंकको सञ्चालन नाफा  ६.०३ प्रतिशतले बढेर ४ अर्ब ५० करोड ७४ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ४ अर्ब २५ करोड ७ लाख ४० हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
 
चैत मसान्तसम्म बैंकले जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख ७१ हजार रुपैयाँ राखेको छ । त्यस्तै, रिटेन्ड् अर्निङमा ३ अर्ब ७६ करोड ५२ लाख ४८ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा नबिलले १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख ३२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब २८ अर्ब १९ करोड ७३ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
नबिलको खराब कर्जा चैत मसान्तसम्म ०.४३ प्रतिशतले घटेर ०.६४ प्रतिशत पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको खराब कर्जा १.०७ प्रतिशत थियो । यसको आधारदर ७.९९ प्रतशितछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको