Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्सुरेन्सको नाफा ८.४३ प्रतिशतले वृद्धि

कमला भुसाल

मंगलबार, ३१ बैशाख २०७६, ११ : १२ मा प्रकाशित

शिखर इन्सुरेन्सको नाफा ८.४३ प्रतिशतले वृद्धि

अर्थ संसार, काठमाडौं - शिखर इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको नौं महिनाको अवधिसम्ममा पुग्दा कम्पनीले ३३ करोड ६२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३१ करोड १ लाख ६ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो।  गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा ८ दशमलव ४३ प्रतिशतले बढेको हो।   

त्यस्तै यस अवधिमा शिखर इन्सुरेन्सको खुद बिमा शुल्क १ अर्ब २४ करोड ३६ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष खुद बिमा शुल्क १ अर्ब २२ करोड ८८ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको थियो। 

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको बीमा शुल्क १ दशमलव २० प्रतिशतले बढेको हो। भने कम्पनीले यस अवधिमा बिमा कोष २८ दशमलव ३५ प्रतिशतले बढाएर १ अर्ब १ करोड ९३ लाख १३ हजार रुपैयाँ पुर्याएको छ ।

त्यस्तै जगेडा कोषको आकार पनि बढेको छ। यस वर्ष कम्पनीको जगेडा कोषमा ४१ करोड ९ लाख १३ हजार रुपैयाँ  रहेको छ। अघिल्लो वर्ष कम्पनीले जगेडा कोषमा १८ करोड २० लाख ३८ हजार रुपैयाँ जम्मा गरेको थियो। 

गत वर्ष बिमा कोषमा ७९ करोड ४ लाख ३७ हजार रुपैयाँ थियो । चैत मसान्त सम्ममा यसको चुक्ता पुँजी १ अर्ब ५ करोेड ७३ लाख १० हजार रुपैयाँ रहेको छ । यता, कम्पनीको जगेडा कोषमा पनि उत्साहजनक वृद्धि भएको छ ।

साथै, महाविपत्ति जगेडा कोषमा ५ करोड २९ लाख ५७ हजार रुपैयाँ छ । पुनर्बिमा कमिशन आय २५ करोड ७७ लाख ६ हजार रुपैयाँबाट बढेर २८ करोड २४ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।
 
शिखरले यस अवधिसम्ममा ७४ करोड १० लाख ७१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ८० करोड ८२ लाख ८ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३३ पैसाले बढेर ४२ रुपैयाँ ९९ पैसा पुगेको छ । गत वर्ष प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा थियो । शिखरको प्रतिसेयर नेटवर्थ भने २४० रुपैयाँ २७ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको