Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको ६ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

मंगलबार, ३१ बैशाख २०७६, १७ : ३२ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ६  शाखारहित बैंकिङ्ग सेवा संचालनमा

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवासञ्चालनमा ल्याएको छ ।

बैंकले रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका – ७, तेबाङ्गमा १३३ औँ, कैलाली जिल्लाको बर्दगोरीया गाउँपालिका – ४, मुढा बजारमा १३४औँ,बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १४, हटियामा १३५औँ, सिराहा जिल्लाको अर्नामा गाउँपालिका – ३, रामजानकी बजारमा १३६ औँ, पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिका – ४, देवीनगरमा १३७ औँ र बाग्लुङ्ग जिल्लाको काठे खोला गाउँपालिका – ७, रेश नुन्थलामा १३८ औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

यी छ वटै शाखारहित बैंकिङ्ग सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा उद्घाटन भएकाछन् । यसका साथै बैंकले अत्तरीया शाखामा १४५औं ए.टि.एम. पनि सञ्चालनमा ल्याएको छ ।

शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मागर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL/NTC को महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवालिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागिग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ ।

बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टरएवम् राजश्व संकलन काउण्टर, १४५ एटिएम तथा १३८शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि /सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदानगर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमारु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनलकर्जा पनि प्रदानगर्दै आइरहेको छ साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ ।

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतकामुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको