Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामीमा खुल्दै

कमला भुसाल

शुक्रबार, ०३ जेठ २०७६, १४ : २८ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामीमा खुल्दै

अर्थ संसार, काठमाडौं- मेरो माइक्रोफाइनान्स लघुवित्तले जेठको पहिलो सातामा सेयार लिलामीमा ल्याउने भएको छ।  संस्थाले जेठ ७ गते मंगलबारदेखि २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामीमा ल्याउने बताएको हो। कम्पनीले सर्वसाधारण समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो ।

प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।  

मेरो माइक्रोफाइनान्सले गत फागुन १९ देखि चैत्र २४ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरिएकोमा ३० लाख ७९ हजार ३५१ कित्ता मात्र बाँडफाँट भएको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामी गर्न लागिएको हो । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौंबाट बोलपत्र पेश गर्न सकिने छ । यस्तै, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ,  नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।

लगानीकर्ताले यसमा जेठ १४ गते अपरान्ह ३ बजे भित्र आवेदन दिइसक्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको