Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी आइसकेपछि अस्वस्थ प्रतिस्पर्धा बढेको छ, कर्मचारीले फाइदा उठाए (भिडियोसहित)

सोमबार, २७ जेठ २०७६, १७ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं

नेपालको बीमा बजारको आवश्यकता अनुसार जीवन बीमा कम्पनीको जुन किसिमको सम्भावना थियो त्यो सम्भावनालाई क्याप्चर गर्न र जीवन बीमा बजारमा एउटा नेतृत्वदायी कम्पनीका रुपमा काम गरेर कान्छो बीमा कम्पनीलाई अगाडी  बढाउन लागि परिरहनुभएका महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीका सीइओ रमेशकुमार भट्टराईसँग अर्थ संसारकी समाचारदाता कमला भुसालले गरेको कुराकानी 

१. बीमा भनेको के हो र बीमा किन गर्ने ? बताइदिनुहोस न। 
बीमा भनेको बीमा गर्ने कम्पनी र बीमा गर्न चाहने व्यक्तिको बीचमा हुने कानुनी सम्झौता हो। जस अन्तर्गत तोकिएको अवधिभित्र कुनै दुर्घटना भएमा त्यो दुर्घटनाको कारणले भएको क्षतिपुर्तिको सोधभर्ना गर्ने प्रतिज्ञा गरिएको हुन्छ। 

२. बीमा गर्दा ध्यान दिनुपर्ने कुरा के के हुन् ?
बीमा गर्दा बीमितको हिसाव हेर्ने हो भने बीमा कम्पनीको अवस्था कस्तो छ, बीमा कम्पनीले बेच्न लागेको प्रोडक्ट कस्तो छ, बीमा गर्न चाहेको व्यक्तिको सुरक्षा कतिको कभर गरेको छ ? उसले कुन किसिमको प्रोडक्ट चाहेको हो  र त्यो प्रोडक्टलाई जुन प्रिमियम हुन्छ त्यो प्रिमियम दिन सक्ने क्षमता छ कि छैन त्यो सबै हेरेर मात्रै बीमा गर्ने गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ।  

३. जीवन तथा निर्जीवन बीमा भनेको के हो ? 
जीवन भन्ने शब्दले मान्छेको जीवनसँग सम्बन्ध राखेको हुन्छ । उसको जीवनमा हुने कुनै पनि दुर्घटनाको आधारमा क्षतिपुर्ति दिनेगरी गरिएको सम्झौता जीवन बीमा अन्तर्गत पर्दछ । निर्जीवन बीमा भनेको व्यक्तिगत बाहेक निर्जीवन अवस्थामा रहेका फ्याक्ट्रि, गाडी तथा प्रोजेक्टहरु त्यसमा कुनै पनि क्षति भएमा त्यो क्षतिपुर्तिको सोधभर्ना गर्ने गरी बीमा कम्पनीले गरेको कानुनि सम्झौता निर्जीवन बीमा अन्तर्गत पर्दछ ।

४. नेपालको जीवन बीमाको बजार चाहिँ कस्तो छ नि ?
महालक्ष्मी लाइफ इन्स्योरेन्स १९ औं जीवन बीमा कम्पनीका रुपमा नेपालमा आएको तीन महिना मात्र भएको छ नेपालमा जीवन बीमाको बजार प्रसस्त छ हामिले हिजोको दिनमा १० वटा कम्पनी आउनुभन्दा अगाडी अर्थात दुई वर्ष अगाडी ७ प्रतिशत मात्र बजार कभरेज रहेको अवस्थामा नयाँ कम्पनीहरु आएर बजारलाई प्रवद्र्धन गरिसकेको अवस्थामा १७ प्रतिशत पुगेको तथ्यांक जुन बीमा समितिले प्रकाशित गरेको छ । त्यसबाट पनि नेपालमा जीवन बीमाको सम्भावना प्रसस्त रहेको देखाउँछ । अहिले पनि जीवन बीमा कम्पनीहरु गाउँ गाउँमा भएका मानिसहरुको आवश्यकता अनुसार पुग्न सकिरेका छैनन् । अहिले पनि ८३ प्रतिशत बीमा क्षेत्र खालि नै छ त्यसैले जीवन बीमाको सम्भावना त प्रसस्तै रेहेको छ । 

५. अघिल्लो पटक तीन वटा नयाँ प्रोडक्टहरु सार्वजनिक गर्नुभएको थियो । त्यसपछि केही थप्नुभयो की छैन ?
हामिले कारोबार सुरु गर्नु अगाडी महालक्ष्मी डबल बीमा योजना, महालक्ष्मी लगानी फिर्ता बीमा योजना र महालक्ष्मी सावधिक बीमा योजना समेत तीनवटा बीमा योजनालाई लिएर अधिराज्यभर अभियान चलाएर अलिे हामिले करिब करिब ४२ जिल्ला भन्दा बढी ठाउँमा गइसकेका छौं । जनचेतनामूलक कार्यक्रमहरु गर्ने, अभिकर्ताहरुको तालिम गर्ने र अभिकर्ताहरुले ल्याउने पोलिसिलाई सर्भिसिङ गर्नका लागि आउटलेटहरु खोल्ने जुन आधारभुत आवश्यकता हो त्यो आवश्यकताका लागि पुरा लागि परेका छौं ।त्यही सिलसिलामा हामीले जनचेतना जगाउने सिलसिलामै अधिराज्यभर कार्यक्रम गर्दा खेरी मान्छेले कस्तो किसिमको सेवा चाहेका छन् त्यो पनि हामिले अध्ययन गरेर अहिले हामीले दुई तीनवटा प्रोडक्ट बीमा समितिमा स्विकृतिको लागि पठाइसकेका छौं । त्यो सम्भवत एक दुई हप्ताभित्र तीनवटा प्रोडक्टहरु लञ्च गर्ने तयारी गरेका छौं ।

६. नयाँ आउने प्रोडक्टहरु कुन कुन हुन ?
बीमा कम्पनीहरुले अहिले बजारमा ल्याएका प्रोडक्टहरु जुन छन् त्यो प्रोडक्टहरुमध्ये चाइल्ड प्रोडक्ट अनि सिंगल प्रिमियमका प्रोडक्टहरु भए त्यसपछि टर्म इन्स्योरेन्स यी तीन किसिमका प्रोडक्टहरु हामिले बीमा समितिमा स्विकृतिको लागि पठाएका छौं । त्यो चाँडैनै हामिले ल्याउँदै छौं ।
 
७. महालक्ष्मी लाइफ माघ २७ देखि सुरु भयो । आजको दिनसम्म यो इन्स्योरेन्सका के–कस्ता प्रगति र परिवर्तन भए ?
महालक्ष्मी लाइफ इन्स्योरेन्स १९ औं कम्पनीका रुपमा बजारमा आइसकेपछि प्रतिश्पर्धा बजारमा निकै फेस गर्नुपरेको छ, त्यो स्वभाविक पनि हो । त्यसैले अहिले हामिले अधिराज्यभरी अभिकर्ता उत्पादन, त्यसपछि जनचेतनामूलक कार्यक्रम र शाखा विस्तारमा निरन्तर लागि परेका छौं । अहिले हामिले व्यवसाय वृद्धिमा त्यति ध्यान दिइरहेका छैनौं, किनकि व्यवसाय भनेको तव हुन्छ जब तपाईँसँग प्रसस्त अभिकर्ताहरु हुन्छन् र त्यो अभिकर्ताले ल्याउने पोलिसिहरु जारी गर्नका लागि नजिक भन्दा नजिक ठाउँमा शाखा उप शाखाहरु हुन्छन् । त्यही तयारीको सिलसिलामा हामिले पुर्व मेचीदेखि पश्चिम महाकालिसम्म शाखा खोलिसकेका छौं । हामिले विर्तामोडदेखि लिएर महेन्द्रनगरसम्म, तथा काठमाडौं उपत्यकाभित्र १० वटासम्म गरेर छोटो अवधिमा २७ वटा शाखा विस्तार गरिसकेका छौं । र सँगसँगै अहिले हामिले आक्रामक रुपमा अभिकर्ता सञ्जाल तयार गर्ने सिलसिलामा ४२ भन्दा बढी जिल्लामा कार्यक्रम गरिसेका छौं । हाम्रो २/३ महिनाको पर्फमेन्स हेदाखेरी हामि एकदमै सन्तुष्ट छौं । हामिले आक्रामक रुपमा काम गरेर छोटो अवधिमा महालक्ष्मीको पहिचान बनाएका छौं । अहिले तपाईँ अधिराज्यभर जहाँ पनि जानुहोस, चाहे गुल्मी,डडेलधुरा, मुगु जहाँ जानुहोस् पहाडी क्षेत्रमा महालक्ष्मीको छुट्टै पहिचान बनिसकेको छ ।

हामिले हरेक ठाउँमा गएर कार्यक्रम गरेर त्यहाँको बढी भन्दा बढी मानिसहरुलाई सहभागि गराएर बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेका छौं।  त्यहाँ बीमा सम्बन्धि प्रष्ट कुरा सँगसँगै मान्छेको चाहना, बीमामा उनीहरुले के खोजेका छन् भन्ने कुरा हामिलाई जानकारी पनि भइरहेको हुनाले अव चाहिँ व्यापार विस्तार तिर लाग्ने तयारीमा छौं । 

८.तपाई आफैँ पनि लामो समयदेखि नेपालको बीमा क्षेत्रमा सक्रिय हुनुहुन्छ । तपाईहरुको कम्पनी स्थापना भएको पनि लगभग ३ महिना भयो । यति धेरै कम्पनीहरुको बीचमा काम गर्दा अहिलेसम्म फरक के पाउनुभयो ?
पनि नेपालमा एकैचोटी नौं वटा जीवन बीमा कम्पनी नौं वटा आए त्यसपछि महालक्ष्मी आइसकेपछि अलिकति अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । राम्रो जनशक्तिको अभाव भएकाले तानातानको अवस्था छ । त्यसैले यसको फाइदा कर्मचारीहरुले पनि उठाइरहेका छन् । छिटो छिटो संस्था परिवर्तन गर्ने एउटा चाहनाले पनि जीवन बीमा कम्पनीलाई धेरै अप्ठ्यारो परेको छ । त्यसैगरी अर्कातिर हेर्ने हो भने अभिकर्ताहरुलाई पनि गुणस्तर तालिम दिनुपर्ने हो त्यो दिन सकिरहेको अवस्था  छैन । यस्ता कारणले गर्दाखेरी उनीहरुले पनि सेवामा निरन्तरता दिन सकेका छैनन् । सुरुमा आफ्नो नजिकका मान्छेहरुलाई पोलिसी बेच्ने र त्यसपछि व्यवसायीक रुपले अघि बढ्न नसकेकोले त्यहाँ पनि अप्ठेयारो भइराखेको छ । त्यसैगरी बीमा कम्पनीहरुले आफ्नो व्यवसाय वृद्धि गर्ने सिलसिलामा बैंकास्योरेन्स गर्ने । बैंकास्योरेन्स नै त होइन त्यो बीमा सम्बन्धि सेवाका लागि बैंकले एग्रिमेन्ट गरिरहेको छ। र बैंकहरुले पनि अहिले जिवन बीमालाई डिपोजिट संकलन गर्ने र आफ्नो आय वृद्धि गर्नका लागि राम्रो माध्यमका रुपमा लिएर गरिरहेका छन् । त्यो बैंकहरुले पनि डिपोजिट कै लागि भनेर ग्राहकलाई महँगो प्रोडक्ट बिक्री गरिरहने अवस्थाले गर्दा बैंकिङ सेक्टरले कोर विजनेश छाडेर बीमा समितिले कर्पोरेट एजेन्सीलाई कमिशन बाहेक केहि दिन पाइदैन भन्ने जुन नियम छ त्यसलाई पनि उल्लंघन गरेर अप्रत्यक्ष रुपमा विभिन्न स्किमहरु, विभिन्न क्यास इन्सेन्टिभहरु दिएर बैंकिङ थ्रुबाट बीमा कम्पनीहरुले बीमा गरिरहेका छन् त्यसले पनि विकृति ल्याइरहेको हामिले आभास गरिरहेका छौं । 

९.नेपालको बीमा क्षेत्रलाई नयाँ उचाईमा उठाउने र महालक्ष्मीलाई नम्बर १ बीमा कम्पनी बनाउने तपाईको सपना कसरी पुरा गर्न खोज्दै हुनुहुन्छ ?
नेपालमा बीमाको प्रचुर सम्भावना रहेका छन् । राज्यले पनि यसलाई अलिक प्रोत्साहन गर्ने हो भने र व्यक्ति व्यक्तिमा बीमा गर्नुपर्छ भन्ने भावना विकसित हुँदैछ। क्षतिपुर्तिको लागि पनि र भोलिको लागि आईपर्ने आर्थिक बोझलाई सहजीकरण गर्नका लागि पनि बीमा गर्नुपर्छ भन्ने कुरा जागिसकेको अवस्थामा बीमाको सम्भावना प्रचुर मात्रामा रहेको छ । र यहि बीमाको सम्भावना प्रचुर मात्रामा रहेको हुनाले  हिजोको दिनमा नेपाल लाइफको पनि सीइओ भईसकेको जुन आज नेपालको नम्बर १ कम्पनी छ। र अर्को तर्फ म आफैले एसियन लाइफ इन्स्योरेन्स पनि खोलेर छोटो समयमै त्यसलाई नम्बर १ बनाएर बैंकतिर ट्रान्सफर भएको अवस्था छ।  यिनै आधारले गर्दाखेरि दुई बीमा कम्पनी चलाउँदाको जुन अनुभव छ त्यो अनुभवले कडा प्रतिश्पर्धा भएपनि मैले मेरो जीवन बीमा कम्पनीलाई नेपालको नम्बर १ कम्पनि बनाउछु भन्ने इच्छा शक्ति लिएर त्यहि अनुसारको २/३ महिनाको खटाईले जुन रिजल्ट र रेस्पोन्स आएको छ त्यसले गर्दा पनि महालक्ष्मी लाइफ इन्स्योरेन्स्लाई भविष्यमा नम्बर १ बनाउछु भन्ने मेरो कन्फिडेन्स छ । 

१०. तपाईको विचारमा नेपालको बीमा व्यवसायमा देखिएका मुख्य चुनौति के–के हुन् ?
बीमा व्यवसायमा सम्भावना सँगसँगै चुनौतिहरु पनि प्रसस्त छन्।  दक्ष जनशक्तिको अभाव छ मान्छेहरुमा जनचेतनाको कमि छ। व्यवसायिक अभिकर्ताहरु त्यति प्रवेश हुन् सकिरहेका छैनन्। या त हामीले व्यावसायिक अभिकर्ताहरु उत्पादन गर्न सकिरहेका छैनौं।  त्यसैले सरकारले पनि व्यापक रुपमा बीमालाई जनता माझ लिएर जानको लागि सहजीकरण गरिसकेको अवस्था छैन। प्रोत्साहनको लागि विभिन्न किसिमका छुटहरुको व्यवस्था, करमा छुट दिने व्यवस्थाहरु हामीले हरेक साल मागिरहेका हुन्छौं। त्यो राज्यले दिन सकिरहेको  छैन, राज्यले पनि बीमालाई अनिवार्य जसरि अहिले वैदेशिक रोजगार बीमालाई, थर्ड पार्टी इन्स्योरेन्सलाई अनिवार्य गरेको छ त्यसैगरी जीवन बीमालाई पनि जहाँ सक्षम व्यक्तिहरु छन् तिनलाई विस्तारै अनिवार्य बीमा गर्नुपर्छ भन्ने किसिमको वातावरण बनाउन सकेको छैन। त्यसैगरी बीमामा नियमक निकायले अहिले जुन किसिमले सहजीकरण गरिरहेको छ त्यो सहजीकरण गर्न पनि प्रभावकारी ऐन कानुन चाहिनेमा २०४९ सालमा एउटा कम्पनी भएको अवस्थामा भएको ऐनलाई नै बीमा समितिले लिएर हिड्नुपर्ने बाध्यता छ यी सबै अबरोधहरुले गर्दा खेरी बीमा उद्योग फस्टाउन सकिरहेको छैन।  जति अगाडी जानुपर्ने हो त्यो जान नसकिरहेको हामीले महशुस गरिरहेका छौं।

११. बीमा सचेतना बढ्न नसक्नुको कारण चाहिँ के होला ?
बीमा सचेतना बढाउनका लागि अहिले कम्पनीहरु लागि परेका छन्।  हामि पनि छोटो समयमा ४२ वटा भन्दा बढी जिल्लामा पुगिसकेका छौं। अरु कम्पनीहरु पनि ७५ वटै जिल्लामा गईसकेको अवस्था छ।  निर्जीवन बीमाहरु नपुगेको अवस्था होला तर पनि के छ भने बीमा प्रति हुनुपर्ने जुन विश्वास छ त्यो विश्वास सिर्जना गर्न सकिएको छैन। त्यही विश्वास सिर्जना गर्न नसक्नुका कारणले पनि मान्छेको बीमप्रती त्यति आकर्षण बढ्न नसकेको अवस्था मैले देखेको छु।  त्यसको लागि अहिले हामीले पनि के चाहेका छौं भने सर्वप्रथम त कम्पनीले आफ्नो राम्रा प्रोडक्टहरु ल्याएर मान्छेलाई बीमा आवश्यक हो, बीमा गर्नुपर्छ, तपाइंको जीवनमा भोलि हुने कुनैपनि घटनालाई बीमाबाट पाइने क्षतिपुर्ति न्यूनीकरण गर्छ। क्षतिपुर्तिलाई सोधभर्ना गर्छ त्यसैले बीमा गर्नुपर्छ भनेर मान्छेलाई बुझाउनुपर्ने हो त्यो बुझाउनका लागि हामि लागि परेका छौं र अरु कम्पनीहरु पनि लागि परेका छन्। यसमा अब नियमक निकाय र सरकारले पनि साथ् दिएको अवस्थामा भविष्यमा अर्थात अबको ३।४ वर्षभित्र  ४०।५० प्रतिशत पुग्छ जस्तो लाग्छ।  त्यसैले बीमा सचेतना बढाउनका लागि सबै पक्ष मिलेर लाग्नुपर्छ एउटा विश्वसनीय वातावरण बनाउनुपर्छ। व्यक्तिले बीमा गरिसकेपछि उसलाई ठगिएको महशुस नहुने वातावरण हामीले सिर्जना गर्यो भने बीमा प्रति आकर्षण बढ्छ र त्यसले विश्वास  पनि जगाउँछ ।

१२. नेपाली बजारमा लाइफ इन्स्योरेन्सहरुको प्रतिस्पर्धा बढेको देखिन्छ नि ? यसलाई कसरी लिनु भएको छ ?
बीमा समितिले १० वटा कम्पनीलाई लाइसेन्स दीइसकेपछि र हरेक कम्पनीले आफ्नो अस्तित्व बचाउनका लागि,आफ्नो अस्तित्व देखाउनका लागि निकट भविष्यमा आफ्नो कम्पनीको विकास राम्रो गरेर आफ्ना लगानीकर्तालाई प्रतिफल दिनको लागि पनि जुन किसिमले खटिएका छन् त्यसले गर्दा पनि बीमा बजारमा प्रतिष्पर्धा त बढ्दै गईरहेको स्वाभाविक हो। तर प्रतिष्पर्धाले विकृति ल्याइरहेको छ त्यो विकृतिलाई हामीले न्यूनीकरण गरेर यसका सकारात्मक पाटोलाई अगाडी बढाउन सक्यो भने यसले मुलुकको अर्थतन्त्र र सामाजिक सुरक्षामा जुन राज्यले लगानी गर्नुपर्ने अवस्था थियो त्यो लगानी गर्न नसकेको अवस्थामा बीमा कम्पनीले यसलाई कभर गरिरहेको अवस्थामा यसको भविष्य धेरै राम्रो छ भन्ने मलाइ लाग्छ।

१३.यसमा बीमा समितिको सहयोग कतिको छ ?
बीमा समितिका नयाँ  अध्यक्ष आइसक्नुभएपछि उहाँको मूख्य उद्देश्य नै बीमाको कभरेज बढाउने हो त्यसलाई  बढाउनका लागि बीमा समितिबाट हुने किसिमको जतिपनि सहयोगहरु चाहिं अहिलेको बीमा समितिले  गरिरहेको छ।  तर कतिपय अवस्थामा बीमा ऐनले र नियमावलीहरुले रोकिरहेकोले म चाहन्छुकि सरकारले चाँडो भन्दा चाँडो बीमा प्राधिकरण ऐनलाई पास गरेर यस अन्तर्गत नियमावलीहरू बनाएर ल्यायोस। ऐन कानुनले बीमा समितिलाई अधिकार सम्पन्न बनाउनेहो भने बीमा समितिले कम्पनीहरुलाई धेरै अगाडी लैजान सक्छ भन्ने मलाई एउटा विश्वास छ।

१४. बीमा समितिले तोकेको चुक्ता पुँजी कसरी पुर्याउँदै हुनुहुन्छ ?
बीमा समितिले जीवन बीमा कम्पनीलाई २०० करोड, निर्जीवन बीमा कम्पनीलाई १०० करोड तोकेको छ। अब २०० करोडमा ७० प्रतिशत अर्थात हरेक कम्पनी १४० करोड भन्दा बढी प्रोमोटरको तर्फबाट लगानीबाट गरिसकेका छन्। अब १ वर्षको ब्यालेन्स सीट प्रस्तुत गरिसकेपछी आइपीओको लागि धितोपत्र बोर्डले स्वीकृति दीइसकेपछि सबैको २०० करोड नाघ्छ त्यसमा अहिलेसम्म त कुनै समस्या देखिन आएको छैन।

१५. नेपालको पछिल्लो बीमा व्यवसायलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
पहिलेको तुलनामा निकै वृद्धि भएको छ। राज्यले पनि बीमा गर्नैपर्छभन्ने थप व्यवस्थाका कारण बीमाको कारणले मान्छेहरुले जुन क्षतिपुर्ति पाइरहेकाले त्यो क्षतिपुर्ति राज्यले दिन नपर्ने अवस्थाले चाहिँ बीमा प्रति सकारात्मक धारणाको विकास भइरहेको छ। समग्रमा मलाई लाग्छ राम्रै भइरहेको छ।

१६. बीमा व्यवसाय विस्तारका लागि सरकारले के गरिदिनु पर्छ जस्तो लाग्छ ?
सरकारले बीमा विस्तारका लागि सर्वप्रथम त कम्पनीहरुलाई लाइसेन्स दिएर मात्र हुँदैन।  त्यो कम्पनीहरुलाई नियमन गर्न, सुपरभिजन गर्नका लागि र तिनीहरुलाई सहजीकरण गर्नका लागि प्रभावकारी बीमा ऐन चाहिन्छ। त्यसैले राज्यले छिटो भन्दा छिटो बीमा प्राधिकरण ऐन पास गरिदिओस। बीमा प्राधिकरण ऐन पास भईसकेपछि बीमा समितिबाट आफ्नो प्रभावकारी नियमनको लागि दक्ष कर्मचारी बीमा समितिमा राखेर राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र गलत काम गर्नेलाई नियन्त्रण गर्ने गरि बीमा समिति प्रभावकारी रुपमा आयो भने यसले राम्रो परिणाम ल्याउछ। राज्यले बीमा गर्नेलाई कर छुटको थप व्यवस्था, व्यापक रुपमा सचेतना बढाउने कार्यक्रमको संचालन र सम्भव भए जति क्षेत्रमा अनिवार्य बीमाको व्यवस्था गर्न सकेमा बीमा व्यवसायको गुणस्तरीय विस्तार हुन सक्छ ।  
 
१७. अन्तमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको भावी लक्ष्य के हो बताइदिनुहोस् न ।
नेपालको बीमा बजारमा आवश्यकता अनुसार जीवन बीमाको जुन किसिमको सम्भावना थियो त्यो सम्भावनालाई क्याप्चर गर्नको लागि र जीवन बीमा बजारमा  एउटा नेतृत्वदायी कम्पनीका रुपमा अगाडी बढ्नका लागि महालक्ष्मी लाइफ इन्स्योरेन्स आफ्नै नेतृत्वमा मैले ल्याएको हो। विगतका दिनहरुमा जीवन बीमा कम्पनीमा मैले गरेका काम, मैले त्यहाँ इमान्दारीपूर्वक गरेको सेवा र त्यो कम्पनीहरुलाई मैले जुन उचाईमा पुर्याए त्यो अनुभवले गर्दाखेरी महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई पनि निकै अगाडी पुर्याइन्छ र यसले राम्रो गर्दै जाँदाखेरी अरु कम्पनीहरु पनि सँग सँगै जीवन बीमा प्रतिश्प्रर्धामा आउने भएकाले समग्रमा यसले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा राम्रो टेवा पुर्याउछ भन्ने मैले विश्वास लिएको छु। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको