Like us!
Follow us!
Connect us!
Watch us!

आगामी वर्षमा सबै नेपालीको बैंक खाता खोलिने

कमला भुसाल

बुधबार, १५ जेठ २०७६, १८ : ०६ मा प्रकाशित

आगामी वर्षमा सबै नेपालीको बैंक खाता खोलिने

अर्थ संसार, काठमाडौं- सरकारले बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने नीतिलाई निरन्तरता दिंदै ठूला बैंक तथा वित्तीय संस्थाहरु समेत एक आपसमा गाभ्न प्रोत्साहन गर्ने भएको छ।  यो व्यवस्था बीमा कम्पनीमा पनि लागु हुने अर्थमन्त्री खतिवडाले बताए। 

सरकारले आगामी वर्षमा 'खोलौं बैंक खाता' अभियान लागु गरी आगामी आर्थिक वर्षको अन्त्यसम्ममा सबै नेपालीको बैंक खाता खोलिने अर्थमन्त्री खतिवडाले बताए। सरकारी निकायबाट नागरिकलाई प्रदान गरिने आर्थिक सुविधा लगायत सबै प्रकारका भुक्तानी बैंक खातामार्फत हुने भएको छ।

सरकारले नेपाली नागरिकको सम्पत्ती सुन र चाँदीजस्ता धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने व्यवस्था मिलाएको छ। सबै स्थानीय तहका केन्द्रमा बैंकिंग सुविधा सुनिस्चित गरिने छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको