Like us!
Follow us!
Connect us!
Watch us!

घान्द्रुकमा ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ बन्दै

कमला भुसाल

मंगलबार, २१ जेठ २०७६, ०७ : ०० मा प्रकाशित

घान्द्रुकमा ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’  बन्दै

अर्थ संसार, पोखरा- युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवको सोमबार समापन गरे । कार्यक्रममा उनले खेल पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै नेपाल खेल पर्यटनका दृष्टिले उत्तिकै सम्भावनायुक्त स्थल भएको बताए । उच्च हिमाली क्षेत्रका साथै यहाँका विभिन्न स्थानमा विभिन्न खेलको सम्भावना रहेको विश्वकर्माले बताए । उनले प्राकृतिक एवम् भौगोलिक स्थितिको उपयोग गर्नुपर्ने बताए । घान्द्रुकमा ‘हाई अल्टिच्युट ट्रेनिङ सेन्टर’ बनाउने सरकारको योजना रहेको विश्वकर्माले बताए । उनले त्यसका लागि अघिल्लो वर्ष रु १५ लाख विनियोजन गरिएकामा यस वर्ष रु ५० लाख विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री विश्वकर्माले दोस्रो अन्नपूर्ण म्याराथनका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट, हरिकुमार रिमाल र गोपाल तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनीहरूले क्रमशः रु एक लाख पाँच हजार, रु ७५ हजार र रु ५५ हजार पुरस्कार प्राप्त गरे । कार्यक्रममा पूर्व संविधानसभा सदस्य राजीवविक्रम शाह, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङलगायतले अन्नपूर्ण क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन र यसको पहिचानलाई जोगाउन महोत्सव तथा म्यारथन प्रतियोगिता आयोजना गरिएको बताए । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको