Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी सीमामा आप्रवासी पक्राउ

कमला भुसाल

विहीबार, २३ जेठ २०७६, १४ : २७ मा प्रकाशित

अमेरिकी सीमामा आप्रवासी पक्राउ

अर्थ संसार, काठमाडौं- अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार ५४२ जना, बालबालिका ११ हजार ५०७ जना र एकल वयस्क व्यक्ति ३६ हजार ८३८ जना रहेका छन् । यो संख्या अप्रिल महिनाको तुलनामा ३४ प्रतिशत बढी हो । अप्रिलमा ९९ हजार ३०४ जना पक्राउ परेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी प्रवेशमाथि कडाई गरे पनि त्यो रोकिएको छैन ।

राष्ट्रपति ट्रम्पले मेक्सिकाली सरकारमाथि पनि अवैध आप्रवासीलाई नियन्त्रण गर्न दबाब दिइरहनुभएको छ । अध्ययनहरुले अधिकाँश आप्रवासीहरु मेक्सिको समेत मध्य–अमेरिकी राष्ट्रबाट आउने गरेको देखिएको छ । मेक्सिको सरकारमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पले आगामी जुन १० देखि लागू हुनेगरी अमेरिका प्रवेश गर्ने मेक्सिकाली सामानमा ५ प्रतिशत करवृद्धि गर्ने चेतावनी दिइसकेका छन्।

अमेरिकी दबाबपछि मेक्सिकाली विदेश मन्त्री मार्सेलो एब्रार्डले अमेरिकी उपराष्ट्रपति माइक पेन्स समेतका उच्च पदाधिकारीसँग भेटवार्ता गर्नु भएको छ । मेक्सिकोले आप्रवासी नियन्त्रणका लागि प्रयास जारी राखेको र हजारौं मध्यअमेरिकीलाई उनीहरुकै देश फर्काएको जनाएको छ । रासस/सिन्ह्वा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको