बुधबार, ०४ असार २०७६
सोमबार चार अर्बको ट्रेजरी बिल बिक्री हुँदै
शुक्रबार, २४ जेठ २०७६

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले रु चार अर्ब नौ करोड बराबरको  ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले एक सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको  ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ ।

बैंकले यसअघि पनि रु पाँच अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा  ट्रेजरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको काम नियमित गर्दै आएको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved