मङ्गलबार, ०७ साउन २०७६
गुठी विधेयकको विरोधमा ऐतिहासिक प्रदर्शन
बुधबार, ०४ असार २०७६

अर्थ संसार, काठमाडौं– गुठी विधेयक फिर्ता भए पनि गुठी विधेयकको विरोधमा बुधबार राजधानीमा विशाल जनप्रदर्शन भएको छ । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको  थियो ।

गुठी विधेयक फिर्ता भए पनि काठमाडौं उपत्यकाका गुठियारले सरकारविरुद्धको आन्दोलन जारी राखेका छन् । गुठी विधेयकविरुद्ध संघर्ष समिति बनाएर भएको विरोध प्रदर्शनमा सरकारका मन्त्रीको राजीनामा मागिएको छ ।

र्यालीमा सहभागीले गृह, सञ्चार र भूमि सुधारमन्त्रीको राजीनामा मागेका छन् । चौतर्फी विरोध भएपछि सरकारले मंगलबार नै प्रस्तावित गुठी फिर्ता लिइसकेको छ ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved