Like us!
Follow us!
Connect us!
Watch us!

विधेयक पारित

रबिन दङगाल

सोमबार, २३ असार २०७६, १५ : ५७ मा प्रकाशित

विधेयक पारित

अर्थ संसार, काठमाडौँ- राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बुहमतबाट पारित भएको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो । यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भइसकेको छ । दुवै सदनबाट विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन हुनेछ ।

यसअघि  सांसदहरु अनिता देवकोटा, मुक्ताकुमारी यादव, बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझीले प्रस्तुत गर्नुभएका खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सदनले बहुमतले अस्वीकृत गरेको थियो । 

बैठकले अर्थमन्त्री खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौँ) विधेयक २०७६, माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते मङ्गलबार ४ बजे बस्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको