Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ, कन्काइ र सहयोगीको ११ लाख कित्ता बोनस सूचिकृत

बुधबार, २६ माघ २०७३, १३ : ५९ मा प्रकाशित

नेशनल लाइफ, कन्काइ र सहयोगीको ११ लाख कित्ता बोनस सूचिकृत

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा कारोबारका लागि बुधबार विभिन्न तीन कम्पनीको साँढे ११ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेका अनुसार नेशनल लाइफको ३० लाख ५७ हजार ३ सय ७७ कित्ता, कन्काइ विकास बैंकको २ लाख ५० हजार कित्ता र सहयोगी विकास बैंकको ५ लाख ६७ हजार ३ सय २९ कित्ता सेयर सूचिकृत भएको हो । तीन वटै कम्पनीका बोनस सेयर पाउनेले अब आफ्नो सेयर किनबेच गर्न सक्ने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको