Like us!
Follow us!
Connect us!
Watch us!

आज प्रपोज डेः आफुले मन परेको मान्छेलाई कसरी गर्ने प्रपोज ?

बुधबार, २६ माघ २०७३, १४ : ५९ मा प्रकाशित

आज प्रपोज डेः आफुले मन परेको मान्छेलाई कसरी गर्ने प्रपोज ?

अर्थ संसार

काठमाडौँ– के तपार्इंले आफूलाई मन परेको मान्छेलाई प्रपोज गर्नुभयो ? धेरै पटक प्रपोज गर्दा पनि आफ्नो प्रेमी तथा प्रेमिकाले अस्किार गरेर हैरान हुनुहुन्छ ? आफूले मन पराएको मान्छे नपाएर निरास हुनुहुन्छ ? प्रणय दिवस नजिकिँदै गर्दा आज (बुधबार) विश्वभर ‘प्रपोज डे’ मनाइँदै छ । यस्ता छन् प्रपोज गर्ने केही रोमान्टिक तरिका । 

१. आफूले मन पराएको व्यक्तिलाई टाढा कतै सुनसानमा लगेर पहिले प्रपोज डेको शुभकामना दिनुहोस् । ‘डु यु लभ मी ?’ भनेर प्रपोज गर्नुहोस् ।

२. केही सामान या गिफ्ट दिएर प्रपोज गर्नाले पनि तपाईको प्रपोज ऐसेप्ट हुन सक्छ ।

३. केही पार्टीको आयोजना गरेर आफ्नो साथीभाई या आफ्न्तहरु जम्मा गरेर प्रपोज गर्नुहोस् ।

४. कविता, गजल या मुक्तक लेखेर आफूले मन पराएको व्यक्तिलाई ‘आइ लभ यु’ भन्नाले पनि तपाईको प्रपोज ऐसेप्ट हुन सक्छ ।

५. पहिलो पटक आफूले मन पराएको मान्छेलाई भेटेको ठाउँमा लगेर प्रपोज गर्नुहोस् ।

६. आफूले मन पराएको मान्छेलाई मनपर्ने खाना तयार पारेर खान बोलाउनुहोस् । त्यही समयमा प्रपोज गर्नुहोस् । 

यति कुरा गर्नु भयो भने तपाईंको प्रपोज कसो एसेप्ट नहोला त !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको