Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रेको ऋणपत्र बिक्रीमा, व्याजदर कति ?

मिलन खड्का

सोमबार, ०६ साउन २०७६, १२ : ०३ मा प्रकाशित

माछापुच्छ्रेको ऋणपत्र बिक्रीमा, व्याजदर कति ?

अर्थ संसार,काठमाडौं- सोमबारदेखि माछापुच्छ्रे बैंकले  ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको छ ।  धितोपत्र बोर्डबाट असार ४ गते ऋणपत्र बिक्री गर्न अनुमति पाएको बैंकले एक महिनापछि बिक्रीमा ल्याएको हो । 

बैंकले प्रति इकाई एक हजार रुपैयाँका दरले कूल ३० लाख इकाई अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको  हो  ।

आइपीओ र ऋणपत्रमा लगानीकर्तालाई अवसर नै अवसर ( विवरण सहित ) 

कुल निष्काशित ३० लाख इकाईमध्ये सामूहिक लगानी कोषकालाई छुट्टाइएको ६० हजार सहित १२ लाख इकाई अर्थात एक अर्ब २० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि खुल्ला गरिएको हो भने  बाँकी १८ लाख अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन्। बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ९ गते निष्काशन बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ ३ गतेसम्म खुला रहनेछ।

बैंकले निष्काशनमा ल्याएको ७ वर्षे अवधिको ‘१०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ मा वार्षिक १०.२५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा दश वर्षसम्म निरन्तर भुक्तानी हुनेछ।

बैंकको ऋणपत्रलाई इक्रा नेपालले ‘एलए माइनस रेटिङ’ रेटिङ्ग दिएको छ । यसले पर्याप्त कर्जा सुरक्षा रहेको जनाउँछ। बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

एन आई सी एशिया डिबेन्चर २०८३-८४ निष्काशन,ब्याजदर कति ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको