Like us!
Follow us!
Connect us!
Watch us!

अफिसियल प्याटेन्ट रेन्डर्समा ओपोको पट्याउन मिल्ने फोन प्रदर्शित

मिलन खड्का

सोमबार, ०६ साउन २०७६, १५ : ५८ मा प्रकाशित

अफिसियल प्याटेन्ट रेन्डर्समा ओपोको पट्याउन मिल्ने फोन प्रदर्शित

अर्थ संसार,काठमाडौं- थ्रीडी रेन्डर्स मार्फत ओपोद्वारा विकसित फोल्डिङ फोन (पट्याउन मिल्ने फोन) थप विस्तृतरुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । ओपोद्वारा उत्पादित यी रेन्डर्स डब्ल्यूआईपीओ (वल्र्ड ईन्टेलेक्चसअल प्रपर्टी अर्गनाइजेसन)को साइटमा उपलब्ध छन् र हेर्न सकिन्छ ।

मोनोक्रोममा उपलब्ध यी थ्रीडी रेन्डर्सले बाहिरतिर पट्टिन सघाउने कन्सरटिनेड हिंज सहितको उपकरण देखाएको छ । उपकरणमा रहेको ठूलो स्क्रिन वरपरको बेजलको मात्राले यो मोडललाई पृथक देखिन सघाएको छ । प्रस्तुत गरिएका थ्रीडी तस्विरहरुमा यसको मात्रा निकै न्यून देखिन्छ ।

यसले गर्दा उपकरणको डिस्प्ले खुल्ला राख्दा प्रयोगकर्तालाई अझ जीवन्त स्क्रिनको अनुभव प्रदान गर्छ । साथै, पट्याएर राख्दा अझ उपयोगी उपकरणका रुपमा काम गर्छ ।

यो फोनमा प्राइमरी (हेर्दा डुअल झैँ देखिने) क्यामेरा प्रणालीलाई पप्–अप् मेकानिजम मार्फत लुकाएर राखिएको छ ।

क्यामेरा लुकाउने यो प्रणाली ओपोका लागि कुनै नौलो कार्य भने होइन । हालका लागि भने आफ्नो पट्याउन मिल्ने उपकरणका बारेमा कुनैपनि कुरा आधिकारिक रुपमा ओपोले घोषणा गरिसकेको छैन । यसको मूल कारण भने उपकरण पूर्णरुपमा तयार भइनसक्नु हो ।

सन् २०१९को सूरुवातमै आयोजित मोबाइल वल्र्ड कंग्रेसमा आयोजित ओपोको प्रेस ईभेन्ट लगतै ओपोका अध्यक्षले कम्पनी अहिले विकासको प्रक्रियामा रहेको पट्याउन मिल्ने फोन प्रदर्शित गरेका थिए । अहिले उत्पादनको सुरुवाती चरणमै रहेको यो प्रोटोटाइप बाहिरपट्टि पट्टिने गर्छ । यसर्थमा स्क्रिन अधिकांश अवस्थामा खुल्ला रहने र भित्र नलुक्ने प्रष्ट हुन्छ । 

तथापी, अध्यक्ष र कम्पनीको जवाफ भने प्रविधि अहिले सम्म पूणतः तयार भइनसकेको भन्ने नै छ । तर, आउँदा महिनाहरुमा यसका बारेमा अझ स्पष्ट जानकारीहरु बाहिर आउँदै गर्ने अनुमान गर्न सकिन्छ ।

श्रोत: डब्ल्यूआईपीओ 

 

5d359064aade0.jpg 5d359064b2bd5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको