Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने अवसर ! सिद्धार्थ बैंकले १४ करोड इकाई म्युचुअल फण्ड बिक्री गर्ने

अर्थ संसार

मंगलबार, ०७ साउन २०७६, ०८ : २६ मा प्रकाशित

लगानी गर्ने अवसर !  सिद्धार्थ बैंकले १४ करोड इकाई म्युचुअल फण्ड बिक्री  गर्ने

अर्थ संसार, काठमाडौं- सिद्धार्थ बैंकको १४ इकाई  म्युचुअल फण्ड साउन २३ गतेदेखि निश्कासन हुने भएको छ । यस सिद्धार्थ म्युचुअल फण्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल रहेको छ ।

बैंकले निश्कासन गर्न लागेको  १४ करोड म्युचुअल फण्डमध्ये १५ प्रतिशत सामूहिक लगानी कोष, १५ प्रतिशतले हुन आउने कोष प्रवद्र्धक कम्पनी सिद्धार्थ बैंक लिमिटेडले बिज पुँजीको रुपमा लगानी गरी बाँकी इकाई विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिने छ ।  

प्रति इकाई १० रुपैयाको दरले  न्यूनतम इकाई १०० इकाई कित्ता देखि अधिकतम  १ करोड ४० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले छिटोमा साउन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । छिटो समयमा सवै आवेदन नपरे भदै २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

5d369a57ba74f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको