Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले मर्जर नीतिलाई आत्मसात गर्ने

रबिन दङगाल

बुधबार, ०८ साउन २०७६, १६ : २४ मा प्रकाशित

मेगा बैंकले मर्जर नीतिलाई आत्मसात गर्ने

अर्थ संसार, काठमाडौँ- मेगा बैंकको गत आर्थिक वर्षमा निक्षेप सङ्कलन १९ अर्ब वृद्धि भई करिब ८२ अर्ब पुगेको छ । 

त्यस्तै गत वर्ष कर्जा प्रवाहमा रु १५ अर्ब ५० करोड वृद्धि भई करिब ७३ अर्ब पुगेको छ । सो अवधिमा ग्राहक संख्यामा झण्डै १ लाख ४६ हजार वृद्धि भई ६ लाख ४३ हजार पुगेको सो बैंकले जनाएको छ । देशभर मेगा बैंकका १०२ वटा शाखा र १९ एक्सटेन्सन काउन्टर छन् । १०२ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्र र २५ सय मेगा रेमिट एजेन्ट रहेका छन् ।

मेगा बैंक नेपाल १० औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले सरकारको मर्जर नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको बताए । 

“मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौं । सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ सशक्त र व्यवस्थित ढंगले अगाडि बढनुको विकल्प हामीसँग छैन”, उनले भने। 

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको उल्लेख गर्दै एक दशकमै मेगा बैंकले समकालीन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको