Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखाको आईपीओ संस्थापक र सञ्चालकका लागि आवेदन खुला

अर्थ संसार

सोमबार, २७ साउन २०७६, १३ : २७ मा प्रकाशित

हिमाल दोलखाको आईपीओ  संस्थापक र सञ्चालकका लागि आवेदन खुला

अर्थ संसार, काठमाडौं- हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) आइतबारदेखि   स्थापक र सञ्चालकका लागि आवेदन खुला गरिएको छ ।

कम्पनीले निश्कासन गरेको आइपिओ तोकिएको समय अवधिभित्र पुरै खरिद आवेदन नपरेपछि  स्थापक र सञ्चालकका लागि आवेदन खुला गरिएको हो ।

हिमाल दोलखाले प्रतिकित्ता  १०० दरका  ७६ लाख ७२ हजार २१० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गरेको हो । यसमा १ लाख ५३ हजार ४४४ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुले पाउनेछन् । बाँकी रहेको ७४ लाख ९३ हजार ७६६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।

कम्पनीले गत असार २५ गतेदेखि ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा खरिद आवेदन दिने खुला गरेको थियो । जसअनुसार साउन २४ गते शुक्रबार आवेदन दिने अन्तिम दिन रहेको थियो ।

 तर सम्पूर्ण शेयरका लागि आवेदन प्राप्त नभएपछि कम्पनीले संस्थापक सेयरधनी, सञ्चालक वा निजहरुका एकाघर परिवार, कार्यकारी प्रमुख, लेखापरीषक, कम्पनी सचिवा वा कम्पनीको व्इवस्थापन तथा लेखासम्बनधी कार्यमा प्रत्यक्ष रुपले संलगन व्यक्तिहरुका लागि साउन २८ गतेसम्मका लागि आवेदन खुला गरेको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्ने छन् ।

कम्पनीले आइपिओ निश्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने छ ।

हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ मा रहेको छ ।

कम्पनीसँगमाई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) दुवै आयोजनाहरु क्रमशः मिति २०६७/११/०१ गते तथा मिति २०७४/१२/२६ गतेदेखि ब्यापारीक उत्पादन शुरु भैसकेको ब्यहोरा अनुरोध छ ।

यस कम्पनीले KBNR इशुवापावर लिमिटेड (९७.२ मेगावाट) मा १९५ शेयर लगानी गरेको छ । उक्त आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने छ ।

5d500af202bc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको