Like us!
Follow us!
Connect us!
Watch us!

बिकेन सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, आवेदन दिने म्याद थप

अर्थ संसार

मंगलबार, २८ साउन २०७६, ०८ : १२ मा प्रकाशित

बिकेन सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २,  आवेदन दिने म्याद थप

अर्थ संसार, काठमाडौं- सिद्धार्थ म्युचुअल फन्डले साउन २३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ मा आवेदन दिने म्याद थप गरको छ । सो निष्कासनमा अब भदौ २ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

यस योजनाले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका १४ करोड इकाइ निष्कासन तथा बिक्री खुला गरकोे हो । योजनाले १४ करोड इकाइ बीजपुँजीबापत २ करोड १० लाख इकाइ कोष प्रवद्र्धकका लागि सुरक्षित गरी सर्वसाधारणका लागि बाँकी ११ करोड ९० लाख इकाइ निष्कासन गरको  छ ।

यस योजनाको कोष प्रवद्र्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ । यस योजनाको अवधि १० वर्षको रहेको छ । लगानीकर्ताले न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ४० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । यसको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको