Like us!
Follow us!
Connect us!
Watch us!

‘पूँजी बजारको पहुँच बढाउन जनताको तहसम्म पुग्नुपर्छ’

अर्थ संसार

सोमबार, २३ भदौ २०७६, ०८ : १४ मा प्रकाशित

‘पूँजी बजारको पहुँच बढाउन जनताको तहसम्म पुग्नुपर्छ’

अर्थ संसार, खस्यौली-प्रदेश नं  ५ को योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले पूँजी बजारको पहुँच बढाउन जनताको तहसम्म पुग्नुपर्ने बताउनुभएको छ ।

बुटवलमा उद्योग वाणिज्य सङ्घ र नेपाल धितोपत्र बोर्डद्वारा शनिबार आयोजित अन्तरक्रियामा उहाँले पूँजी बजारका बारेमा आफूपछि परेको बताउनुभयो । उपाध्यक्ष गौतमले अनुत्पादक क्षेत्रमा लगानी भएको पुँजीलाई शेयर बजारमा लगानी गरेर लाभ लिन सक्ने उल्लेख गर्दै पूँजीको अभाव होइन परिचालनको समस्या रहेको बताउनुभयो ।

 नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले मुलुक राजनीतिक स्थायित्वबाट आर्थिक समृद्धितर्फ उन्मुख हुन लागेको बेला बैंकले ब्रोकर लाइसेन्स पाउँदैछन् भन्नुभयो । उहाँले वित्तीय साक्षरता अहिलेको चुनौती भएकोमा जोड दिँदै वित्तीय साक्षरता प्राविधिक विषय भएको बताउनुभयो । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बैंकको ब्याज दर बढी भएकाले नेप्से घटेको बताउनुभयो । उहाँले शेयर कर्जा लिएर लगानी गर्दा योजना बनाउन लगानीकर्तासँग आग्रह गर्नुभयो ।
 
 बुटवल बहुमुखी क्याम्पसका उप प्राध्यापक डा बाबुराम ज्ञवालीले पूँजी बजारको दोस्रो बजारको विकास हुन नसकेको बताउनुभयो । सफल इन्भेष्टमेण्टका महासचिव माधव पाण्डेले शेयरको लाभकर गणनाको टुङ्गो लाग्न नसक्दा समस्या आएको बताउनुभयो । उद्योगी रोहितराज क्षेत्रीले शेयर बजारको कुन क्षेत्रमा लगानी गर्ने भन्ने निक्र्योल गर्नुपर्ने बताउनुभयो । बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमालको अध्यक्षतामा भएको सो कार्यक्रममा धितोपत्र बोर्डका निर्देशक निरञ्जन घिमिरेले शेयर बजारको परिचयात्मक तथा आधारभूत पक्षबारे जानकारी दिनुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको