Like us!
Follow us!
Connect us!
Watch us!

दशैंमा नयाँ नोट : असोज १० गतेदेखि साट्न पाइने

अर्थ संसार

शुक्रबार, ०३ असोज २०७६, ११ : १७ मा प्रकाशित

दशैंमा नयाँ नोट : असोज १० गतेदेखि साट्न पाइने

फाइल फोटो

अर्थ संसार, काठमाडौं– दशैंको लागि राष्ट्र बैंकले  असोज १० गतेदेखि नयाँ नोट साँट्न सुरु गर्ने भएको छ । नयाँ नोट सटही असोज १० गतेदेखि १७ गतेसम्म चल्ने केन्द्रीय बैंकले जानकारी गराएको छ ।

उपत्यकाबाहिर भने राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । जस अनुसार उपत्यकाबाहिर विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीमा राष्ट्र बैंकका कार्यालयहरुबाट नयाँ नोट साँट्न सकिनेछ ।
 
त्यस्तै, राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट सटही सुविधा उपलब्ध हुनेछ । प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ । यसका अतिरिक्त थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ । ५, १०, २०, ५० र १ सय रुपैयाँका नयाँ नोट वितरण हुनेछन् ।
 
कहाँ कहाँबाट साट्ने ?

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ । त्यस्तै, नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा उपलब्ध हुनेछ ।
 
यसका अतिरिक्त अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुबाट पनि नोट साँटन सकिने केन्द्रीय बैंकले जनाएको छ । नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

5d84658d427fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको