Like us!
Follow us!
Connect us!
Watch us!

दशैको मुखमा नेपाल राष्ट्र बैंकले ल्यायो १०० रुपैयाँको नयाँ नोट

अर्थ संसार

मंगलबार, ०७ असोज २०७६, २१ : १२ मा प्रकाशित

दशैको मुखमा नेपाल राष्ट्र बैंकले ल्यायो १०० रुपैयाँको नयाँ नोट

अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले नयाँ साज–सज्जासहित सय रुपैयाँको नयाँ नोट आजदेखि प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले चलनचल्तीमा ल्याएको नयाँ नोटमा फरक विशेषता समावेश गरिएको छ । उक्त नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।

यस्तै मध्य भागमा नेपालको नक्सा, अशोकस्तम्भको चित्रका साथै, ‘लुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल’ लेखिएको छ ।

 यस्तै अशोकस्तम्भ सँगै दृष्टिविहीनका लागि नोट पहिचानका लागि छामेर थाहा पाउने कालो थोप्लासमेत समावेश गरिएको छ । बैंकका अनुसार अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र राखिएको छ ।

 दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । कूल दुई मिलिमिटर चौडा भएको रङ परिवर्तन हुने नोटलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङको देखिने सुरक्षण धागो राखिएको छ । नोटको मध्य भागमा एक सिङ्गे गैँडाको माऊ र बच्चाको चित्र पनि राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको