Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश लोकसेवा आयोगको सदस्यमा गौतम र पोखरेल नियुक्त

dibesh

विहीबार, ३० असोज २०७६, १७ : ०१ मा प्रकाशित

प्रदेश लोकसेवा आयोगको सदस्यमा गौतम र पोखरेल नियुक्त

अर्थ संसार, काठमाडौ – प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त हुनुभएको छ । 

    प्रदेश लोकसेवा ऐनअनुसार मुख्यमन्त्री शङ्कर पोखरेलको संयोजकत्वमा बनेकोे सिफारिस समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख उमाकान्त झाले आज आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गर्नुभएको हो ।

    गुल्मीको दरबार गाउँपालिका– २ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ– १ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको