Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंक ओखलढुङ्गाको रमाइलो डाँडामा

अर्थ संसार

शुक्रबार, २२ कार्तिक २०७६, १४ : १२ मा प्रकाशित

ग्लोबल आइएमई बैंक ओखलढुङ्गाको रमाइलो डाँडामा

अर्थ संसार, काठमाडठौं– ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १ को ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाइलो डाँडाबजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ओखलढुङ्गा शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १४९ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवाप्रदान गर्दै आइरहेको छ ।

बैंकले १४९ वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटिएम तथा १९३ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना११लाख भन्दा बढि ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनल कर्जा पनिप्रदान गर्दै आइरहेको छ ।

साथै अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवाप्रदान गर्दै आईरहेको छ ।
त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको