Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको शाखा तनहूँको बन्दीपुरमा

अर्थ संसार

मंगलबार, २६ कार्तिक २०७६, ०८ : ०३ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको  शाखा तनहूँको बन्दीपुरमा

अर्थ संसार, काठमाडौं -ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ४ को तनहूँ जिल्ला, बन्दीपुर गाँउपालिका वडा नं. २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बन्दीपुर शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा बिना धितो रु. १५ लाखसम्मको प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भिर्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको