Like us!
Follow us!
Connect us!
Watch us!

ब्लू क्रश हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमईका ग्राहकले सहुलियत पाउने

मिलन खड्का

बुधबार, २७ कार्तिक २०७६, १७ : २२ मा प्रकाशित

ब्लू क्रश हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमईका ग्राहकले  सहुलियत पाउने

अर्थ संसार, काठमाडौं–ग्लोबल आइएमई बैंक लि. र ब्लू क्रश हस्पिटल प्रा.लि.बीच हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन प्रमुख शान्ता शिवाकोटी र ब्लू क्रश हस्पिटल प्रा.लि.को व्यवस्थापन समितिका सदस्य–सचिव रजत कृष्ण श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । 

सम्झौता पश्चात ब्लू क्रश हस्पिटल, त्रिपुरेश्वरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट , क्रेडिट , प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा विशेष सहुलियत पाउने छन् । 

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५० एटिएम, १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय (अष्टेलिया, बेलायत र भारत) मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको