Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र ग्लोबल आइएमई बैंकको एटिएम एकअर्कामा चलाउँदा पैसा नलाग्ने

अर्थ संसार

बुधबार, ०४ मंसिर २०७६, १६ : २९ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– जनता बैंक नेपाललि मिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धि प्रस्ताब  मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट पारित भइसकेको छ ।

मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ ।

यहि मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुको सुविधाका लागि यी दुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यीदुबै बैंकहरुकाकुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।

मर्जरपश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुने गरी तयारी भरहेकोछ । करिव ३०० भन्दा बढीशाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाखग्राहक संख्या सहितको बैक बन्नेछ ।

मर्जर पश्चात बन्ने ग्लोबल आइएमई बैंक चुक्ता पूँजीकरिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिईएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको