Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा जरङ्खुमा

अर्थ संसार

मंगलबार, १७ मंसिर २०७६, २० : ४९ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा जरङ्खुमा

अर्थ संसार, काठमाडौं-काठमाण्डौँको तारकेश्वर स्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ ।

इन्स्योरेन्सको पहुंच थप विस्तार गर्दै सर्वसाधारण जनतामाझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो १०५ औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

उक्त नयाँ शाखाको उदघाटन तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा तथा उप–प्रमुख भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री  पोषक राज पौडेल एवम् ब्राण्ड एम्बेसेडर द्वय  हरिवंश आचार्य र  मदन कृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

शाखा कार्यालयको सो उदघाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कवि फुयाँल, तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष  मनोज घिमिरे, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हिरामणि घिमिरे, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, नगर चेम्बर अध्यक्ष राम प्रसाद महर्जन लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बीमा योजनाहरु ल्याउन सदैव अग्रसर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तारकेश्वरका नगरपालिका लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमाशुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले कम्पनीले यहि मंसिर १४ गते देखि उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

ब्राण्ड एम्बेसेडर  मदन कृष्ण श्रेष्ठले आफ्नो जन्मथलो समेत रहेको यस स्थानमा कम्पनीले शाखा विस्तार गरी सहज तथा सुलभ रुपमा स्थानीय वासिन्दाको पहुंचमा जीवन बीमा सेवा उपलब्ध गराउन लागेकोमा कृतज्ञताज्ञापन गर्दै कम्पनीको समुन्नतिको लागी शुभकामना व्यक्त गर्नुभयो ।

समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमाशुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका काम गर्दै जाने तथा आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने भनाइ ब्राण्ड एम्बेसेडर  हरिवंश आर्चायको थियो ।

तारकेश्वर नगरपालिकाका प्रमुख  रामेश्वर बोहोराले सिटिजन लाइफसँगको सहकार्यमा नगरवासी माझ बीमा सचेतना अभिवृद्धि गर्न तथा जीवन बीमा योजनाहरु लैजान नगरपालिकाले सकरात्मक भूमिका निर्वाह गर्ने बताउनु भयो ।

२०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरुमाझ आफ्नो उपस्थिति सशक्त बनाउन सफल भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको