Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमइ र जनता बैंकमा खाता छ ? पैसा झिक्न ३० घण्टालाई बन्द हुँदै

मिलन खड्का

बुधबार, १८ मंसिर २०७६, ११ : १५ मा प्रकाशित

ग्लोबल आइएमइ र जनता बैंकमा खाता छ ?  पैसा  झिक्न ३० घण्टालाई बन्द हुँदै

अर्थ संसार, काठमाडौं- ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपालको सेवा ३० घण्टालाई बन्द हुने भएको छ।  जनता बैंकलाई गाभेर एकीकृत कारोबार गर्न लागेका हुनाले सेवा बन्द हुने लागेको हो। 

जनता बैंक नेपाल पनि ग्लोबल आइएमइ बैंकको रुपमा मंसिर २० गतेबाट एकीकृत कारोबार सुरु हुँदैछ। 

बैंकहरु आज साँझ ६ बजे देखि भोली राति १२ बजेसम्म बन्द हुनेछन्। 

जसले गर्दा दुबै बैंकको एटिएम, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङदेखि शाखा रहित बैंकिङ सेवासम्म बन्द हुनेछ। 

आपतकालिन सेवा लिनपर्नेहरुलाई बैंकको सेवा बन्द हुँदा असर पर्ने देखिन्छ। 

5de748a16263e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको