Like us!
Follow us!
Connect us!
Watch us!

घरैमा बसी फेसबुकबाट पैसा कमाउने उपाय

आइतबार, २२ मंसिर २०७६, ११ : ३३ मा प्रकाशित

घरैमा बसी फेसबुकबाट पैसा कमाउने  उपाय

के तपाइलाई थाहा छ ? फेसबुकले आफ्नो प्रयोगकर्तालाई पैसा कमाउने प्लेटफर्म पनि दिएको छ । हामी फेसबुकलाई आफ्नो कुरा सेयर गर्न र म्यासेज गर्न मात्र प्रयोग गरिरहेका छौं तर जान्यो भने फेसबुक बाट राम्रा पैसा कमाउन पनि सकिन्छ ।
इनटरनेट मार्फत फेसबुक प्रयोगकर्ताले चाहेमा घरमै बसी बसी पनि आम्दानी गर्न सक्ने अप्सन दिएको छ ।


यसरी कमाउनुहोस पैसा
फेसबुकबाट पैसा कमाउन सबै भन्दा पहिले तपाई संग एउटा फेसबुक पेज हुन या बनाउन जरुरी छ र पेजमा दैनिक अपडेट गर्नु गर्दछ जसले पेज रिच बढाउदछ । पेजमा लाइक हुनु महत्वपूण होइन तर पेजमा प्रयोगकर्ताको इन्गेजमेन्ट कति छ यसै अनुसार पेजको रिच तह हुन्छ । पेजको रिच पोस्ट गरिएको समाग्री कतिले लाइक, कमेन्ट र सेयर गरे भन्नेमा भर पर्ने हुंदा जति लाइक, कमेन्ट र सेयर बढ्यो सोही अनुसार पेजको रिच बढ्दछ ।
यदि पेजको रिज राम्रो छ भने तपाईले फेसबुकसंग कन्ट्याक गरि आम्दानी गर्न सक्नु हुनेछ । तपाईले कुनै स्थानिय उत्पादन तथा सेवाको विज्ञापन आफ्नो पेजमा गरिदिन सकिन्छ तर यो प्रयोगकर्ताको मेहनेतमा भर पर्दछ ।
 

अर्काे तरिका
यस्का लागी तपाई फेसबुकको एड्भमन्स युजर बन्न जरुरी हुन्छ । जसका लागी तपाईले एक फर्ममा आफ्नो बैंकको अकाउन्ट नम्बर र आफ्नो सही बिबरण भर्नु पर्ने हुन्छ। फर्म भरेको केही समयमा तपाइको अकाउन्ट एक्टिभ हुन्छ । यस पछी फेसबुक प्रयोकर्ताको एक्टिभिटी अनुसार कमाएको पैसा सोही बैंक अकाउन्टमा जम्मा हुन्छ ।
यसले व्यावसाहीको लागी समेत नयाँ अप्सन लेराएको छ जसमा फेसबुक पेजमा कल टु एक्सन बटन राखिएको छ। इसले आफ्नो स्मभावित ग्राहक संग जोडिन र आफ्नो उत्पादन र सेवा प्रति पोत्साहित गर्दछ । ग्राहकले पेजमा रहेका पोस्ट देखेर कम्पनीलाई सम्पर्क गर्ने छन ।
यस बाहेक अर्को अप्सन भनेको प्रगोगकर्ताले आफ्नो टाइमलाइनमा भिडियो सेयर गरेर पनि पैसा कामउन सक्दछन । अपलोड भएको भिडियोमा फेसबुकले विज्ञापन देखाउन थाल्दछ र भिडियोको भ्यू अनुसार फेसबुकले पैसा सदने गर्छ तर यसको लागी भिडियो सक्कली अर्थात कपी नगरिएको र आफ्नै उत्पादन हुनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको