Like us!
Follow us!
Connect us!
Watch us!

डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

निशा हुमाँगाई

शुक्रबार, ११ पुस २०७६, १३ : २५ मा प्रकाशित

डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी

अर्थ संसार, काठमाडौं – टेलिभिजनमा पहिलो पटक यस वर्षको सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” डिशहोमको सिनेमाघर च्यानल नम्बर १०८ मा आज (शुक्रबार) देखि प्रर्दशन हुने भएको छ । सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारहरूले अभिनय गरेका छन् ।

२०७६  साल असोज ३, गते रिलिज भएको यस चलचित्रले पुराना सिक्वलरू कबड्डी , कबड्डी कबड्डीको सर्वाधिक लोकप्रियता संगै यसपटक पनि नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रर्दशनी कायम गर्न सफल रहेको छ । तिनैवटा सिक्वलमा कलाकार दयाहाङ राईले अभिनयमात्रै गरेनन् , चलचित्रलाई नेपाली सिनेमा प्रेमीहरूको मनमस्तिष्कमा समेत गहिरो प्रभाव पार्न सफल भएका छन् ।

समय अनुसारको प्रविधिको विकाससंगै विकसित भएको डिशहोमले हलहरूको पहुँच नभएका दर्शकहरूका लागि न्यूनतम शूल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो । च्यानलनम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गरेकोे छ ।

हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर एमओडी टाइप गरी (एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यो चलचित्र हेर्न सपरिवारका लागि रू ३ सय २५ रूपैयाँ शूल्क लाग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको